बैतडीमा ब्रोइलर कुखुरा पालन सम्बन्धि किसानहरुलाई तालिम

बैतडी : बैतडीमा ब्रोइलर कुखुरा पालन व्यवस्थापन सम्बन्धि तालिम तालिम दिइएको छ । रोयल फिड इण्डष्ट्रिज प्रालि कैलालीको आयोजना तथा सुर्नया गाउँपालिका-२ सिउडेमा सञ्चालनमा रहेको बाशुलिङ्ग पोल्ट्री फर्मको सहयोगमा कुखुरा पालक व्यवसायीहरुलाई एक दिवसीय तालिम दिइएको हो ।

सुर्नया गाउँपालिका-२ का वडा अध्यक्ष समेत रहेका सफल पोल्ट्री व्यवसायी गणेश बहादुर विष्टको व्यक्तिगत पहलमा ब्रोइलर कुखुरा पालन सम्बन्धि तालिम दिइएको हो । ब्यवसायीक कुखुरा पालन गर्दा किसानहरुले जान्नु पर्ने प्राविधिक जानकारी गराएर उनिहरुलाई सफल बनाउन तालिमको आयोजना गरिएको वडा अध्यक्ष विष्टले बताए । पशुचिकित्सक रामचन्द्र जोशीले तालिम दिएका थिए ।

डाक्टर जोशीले ब्रोइलर कुखुरा पालन कसरी गर्ने,के के कुुरामा ध्यान दिने, कुखुराको खोर निर्माण, पालन गर्दा कुखुरामा देखिने रोग लगायतका जोखिम र त्यसको उपचार तथा समाधानका विषयका बारेमा किसानहरुलाई अवगत गराएका हुन्। तालिममा कुखुरा पालन गर्दा चाहिने प्राविधिक सरसल्लाह र तौरतरिका बारे जानकारी गराईएको छ । यो तालिमले किसानहरुलाई कुखुरा पालन व्यवसाय सञ्चालनका लागि सहज हुने अपेक्षा गरिएको वडा अध्यक्ष विष्टले बताए ।

पहाडी क्षेत्रमा ब्रोइलर कुखुरा पालन व्यवसायमा लागेका किसानहरुलाई सफल बनाउने धेयले आफुहरु किसानहरूलाई तालिम दिन लागेका रोयल फिड इण्डष्ट्रिज प्रालि कैलालीका सञ्चालक प्रकाश चन्दले बताए । किकसानहरुले लिएको तालिम व्यबहामा उतारे व्यवसाय फष्टाउने उनको दाबी छ ।

तालिम पाउँदा किसानहरु खुसि भएका छन् । वडा अध्यक्ष विष्टको सहयोगमा सञ्चालित तालिमबाट धेरै कुराको जानकारी मिलेको र यसले व्यवसाय सञ्चालन गर्न सहज हुने सुर्नया ३ तडीगाउँका कुखुरापालक किसान शिव राज भट्टले बताए । सुर्नया- २ सिउडे स्थित नेपाल राष्ट्रिय माविमा शनिवार दिइको तालिममा करिब ८० जनाको सहभागिता रहेको थियो ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.