बैतडी : बैतडीको पाटन नगरपालिकामा नगरस्तरीय महिला सञ्जाल गठन गरिएको छ । एक कार्यक्रमकाबीच मानमती ऐरी भण्डारीको संयोजकत्वमा नगरस्तरीय महिला सञ्जाल गठन गरिएको हो ।
समितिको सदस्यमा लक्ष्मी भट्टराई, तारा पाण्डेय, बसन्ती भट्ट, मन्जु महरा, हिरा भट्ट पाण्डेय, दवकी चन्द, कुस्मा बिष्ट, पार्वती भण्डारी, भुवनेश्वरी भट्ट, दुरा भट्टराई, सुनिता ओड, अनिता भट्ट, लक्ष्मी बिक र तुलसी कुवँर चयन भएका छन् ।
महिला सञ्जाल गठनको बन्दसत्रमा महिलाको क्षेत्रमा गर्नुपर्ने काम कारवाही र नगरपालिकासँग आवश्यक समन्वय गर्नुपर्ने लगायतका विषयमा छलफल भएको थियो भने नेतृत्व छनौटमा पनि छलफल गरिएको थियो ।
महिला सञ्जालले महिला लक्षित कार्यक्रममा नगरपालिकालाई सघाउने र महिलाका क्षेत्रमा हुने कार्यक्रममा प्रतिनिधित्व गर्ने महिला तथा बालबालिका शाखा प्रमुख बिस्ना भण्डारीले जानकारी दिइन् । महिला लक्षित विकास र महिलाहरुलाई मूल प्रवाहमा ल्याउनको लागि नगरपालिकाले गर्नुपर्ने नितिगत तथा व्यवहारीक कामका लागि सामाजिक विकास समितिमा पेश गर्ने पनि बताइएको छ ।
नगर प्रमुख गौरी सिंह रावलको प्रमुख आतिथ्यतामा सम्पन्न महिला सञ्जाल गठन कार्यक्रममा उपप्रमुख कमल सिंह बोहरा, प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐर लगायत जनप्रतिनिधि, शाखागत कर्मचारी लगायतको सहभागिता रहेको थियो ।