जाईटकरी सिँचाई योजना निर्माण अलपत्र, निरन्तर बजेट फ्रिज

बैतडी  :  बैतडीको जाईटकरी लिप्टीङ सिँचाई योजना निर्माणअलपत्र परेको छ । जिल्लाको पाटन नगरपालिका- १० मटेमा २०७७ शालमा निमार्ण सुरु भएको सिँचाई योजना निमार्ण अलपत्र परेको हो ।

जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय बैतडीले निमार्ण गरिरहेको योजनामा बजेट कार्यान्वय गर्ने नसकेर योजनाको बजेट फ्रिज हुने गरेको छ । गत आर्थिक बर्ष पाईप खरिदका लागि विनीयोजीत बजेट फ्रिज भएको कार्यालयले जनाएको छ ।

कार्यालयले विज्ञापन प्रकाशित गरेर पाईप खरिद गरेर योजनालाई अगाडी बढाउने प्रयास गरेको जनाएको छ । तर जिल्ला दर रेट भन्दा बजार मुल्य बढी भएकाले कुनै पनि व्यवसायीक फार्मले टेण्डर खरिद नगरेको जनाएको छ । यो आर्थिक बर्षमा उपभोक्ता समितिले पाईप खरिद गर्ने भनेर एक किसिमको सहकार्य गरेर गएको कार्यालयका सूचना अधिकारी राजेन्द्र नाथले बताए । उनीहरूले पाइप खरिद गरे काम आगामी आर्थिक बर्षबाट सुरू हुने छ ।

उभोक्ताले खरिद गरे श्रमदान जोडिने भएकाले उपभोक्ताले बढी मूल्य तिर्नु पर्ने भएकाले खरिद गर्ने नसकेको उपभोक्ता समितिका अध्यक्ष पदम राज भट्टले बताए । उनका अनुसार यो बर्ष कार्यालय पाईप खरिदका लागि उपभोक्तालाई पेशी नदिएकाले समस्या आएको बताए ।

रकम लगानी गरेर योजना अलपत्र हुदाँ स्थानीयहरु सिँचाई सुविधाको आशा मात्र दिएको स्थानीय नविन भट्टले बताए । कार्यालयको कमीकर्मजारीले यहाँका जनता सिँचाई सुविधा पाउनबाट बञ्चीछ भएको स्थानीय भट्टको आरोप छ ।

 

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.