पाटन १ मा मनोमानी भाडा नियन्त्रण, भाडादर निधारर्ण

बैतडी:

बैतडीको पाटन नगरपालिका- १ले वडा क्षेत्रभित्रका सडकमा भाडादर तोकेको छ । यातायात व्यवसायीले मनोमानी भाडा लिएको गुनासो बढ्दै गएपछि आइतबार सरोकारवालाहरुसंग बसेर भाडादर तोकिएको पाटन नगरपालिका वडा नं १ का वडा अध्यक्ष तर्कसिंह ठगुन्नाले बताए ।

पाटनदेखि वडा नं १ का विभिन्न क्षेत्र र डडेल्धुराबाट पाटन १ का विभिन्न क्षेत्रका लागि जिपको भाडादर तय गरिएको वडा अध्यक्ष ठगुन्नाले जानकारी दिए । आइतबार यातायात व्यवसायी, स्थानीय बुद्धिजिवि, समाजसेवी, राजनीतिकर्मी र जनप्रतिधिहरुको सर्वपक्षीय बैठक बसेर भाडादर तय गरिएको वडा अध्यक्ष ठगुन्नाले बताए ।

पाटनदेखि वडा नं १ को कार्यालयसम्म १५० भाडादर कायम गरिएको छ । यस्तै पाटनदेखि लदौली १५०, पाटनदेखि जेबला २ सय, पाटनदेखि डङसिली २ सय, पाटनदेखि पोखरी २ सय ५०, पाटनदेखि गुत्थडी २५०, पाटनदेखि मेलचोरा १ सय र पाटनदेखि बयल्चोराको भाडा २ सय कायम गरिएको छ ।

यस्तै डडेल्धुरादेखि वडा नं १को कार्यालय सम्म ४ सय, डडेल्धुरादेखि लदौली ३ सय ५०, डडेल्धुरादेखि डङसिली ३ सय, डडेल्धुरादेखि पोखरी ३ सय ५०, डडेल्धुरादेखि गुत्थडी ५ सय र डडेल्धुरादेखि बयल्चोरा सम्मको ४सय ५० भाडादर कायम गरिएको वडा अध्यक्ष ठगुन्नाले बताए ।

वडाका विभिन्न टोलमा रहेका अन्य ग्रामीण सडकहरुमा प्रतिकिलोमिटर १० रुपैंयाका दरले भाडा लिन पाइने बताइएको छ । तोकेको भाडादर भन्दा कसैले बढी लिएमा कानुन अनुसार कारवाही हुने समेत वडा अध्यक्ष ठगुन्नाले बताए ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.