काठमाण्डौका लागि धनगढीबाट उडेको जहाज भैरहवा पुग्यो

धनगढी : धनगढीबाट काठमाण्डौंका लागि उडेको श्री एयरको जहाज काठमाण्डौं अवतरण हुन नसकेपछि भैरहवामा अवतरण गरिएको छ ।

खराव मौसमका कारण काठमाण्डौं बिमानस्थलमा अवतरण गर्न नसकिएपछि धनगढीबाट उडेको जहाज त्यहाँबाट फर्केर भैरहवा बिमानस्थलमा अवतरण गरिएको हो ।

साँझ ६ बजे धनगढीबाट उडेको जहाज काठमाण्डौंको आकाशबाट फर्केर करीव ७ : १५ भैरहवा बिमानस्थलमा अवतरण भएको श्री एयरले जनाएको छ ।

जहाजमा ७२ जना यात्रु रहेको र सबै सकुशल रहेको बताईएको छ ।

मौसममा सुधार आएपछि जहाज पुनः काठमाडौँ उड्ने चालक दलका सदस्यले बताएको जहाजमा यात्रारत साहित्यकार नवराज लम्सालले बताए ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.