जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी मेलौलीलाई, ७ स्वर्णसहित पाटन बन्यो उपविजेता

ललित बोहरा, पाटन: बैतडीको पाटनमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधी मेलौली नगरपालिकोले जितेको छ। १३ स्वर्ण, ६ रजत, ५ कास्यसहित २४ पदक हात पार्दे प्रतियोगिताको उपाधी बजेता बनेको हो।

पाटन नगरपालिकाले ७ स्वर्ण, ६ रजत, ८ कास्य २१ पदकसहित उपबिजेता भएको छ। छात्रा भलिबल, र छात्रा कबडीसहित ५ स्वर्ण, ४ रजत, ३ कास्यसहित १२ पदक हात पार्दै तृतिय स्थान डिलासैनी गाउँपालिकाले हासिल गरेको हो ।

पुर्चौडी नगरपालिका ५ स्वर्ण ३ रजत, २ कास्यगरी १० पदक हासिल गरेको छ। दशरथचन्द नगरपालिकाले २ स्वर्ण ७ रजत, ५ कास्य सहित १४ पदक जितेको छ। सिगास गाउँवपालिकाले २ स्वर्ण, २ रजत गरी ४ पदक जितेको छ।

शिवनाथ गाउँपालिकाले १ स्वर्ण ४ रजत, ५ कास्यसहित १० पदक जितेको छ। पञ्चेश्वर गाउँपालिकाले १ स्वर्ण, २ रजत, २ कास्य सहित ५ पदक जितेको छ।

दोगडाकेदार गाउँपालिकाले १ स्वर्ण र १ कास्य हात पारेको छ भने सुर्नया गाउँपालिकाले २ कास्य पदक हात पारेको छ।

छात्रतर्फ भलिबल डिलासैनी गाउँपालिकाले जितेको छ भने दितिय सिगास गाउापालिका भएको छ। तृतिय पञ्चेश्वर गाउँपालिका भएको छ।

छात्रातर्फ शिवनाथ गाउँपालिका प्रथम भएको छ भने दितिय पञ्चेश्वर गाउँपालिका भएको जिल्ला खेलकुद विकास समितीका उपाध्यक्ष तर्कसिह ठगुन्नाले बताए । छ। त्रितिय स्थान पाटन नगरपालिकाले हात पारेको छ।

१२ गतेदखि पाटनमा जारी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १४गते आइतबार सम्पन्न भएको हो।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.