पाटन नयाँ शहरका लागि ल्याण्डपुलिङ प्रक्रिया सुरु

ललित बोहरा, बैतडी:

बैतडीको पाटनलाई नयाँ शहर बनाउने योजना अन्र्तगत जग्गा विकास योजना (ल्याण्डपुलिङ) प्रक्रियामा अगाडी बढेको छ ।

पाटन नगरपालिका- ६ मा पर्ने चार क्षेत्र जग्गा विकास योजना (ल्याण्डपुलिङ)का लागि आईतबार स्थलगत अनुगमन तथा निरिक्षण गरिएको पाटन नगरपालिका कार्यवाहक नगर प्रमुख कमल सिह बोहराले बताए । उनका अनुसार संभावित क्षेत्रहरुको अनुगमन मन्त्रालयको टिमले गरेको हो ।

कुनगडा- बयलपाटा-पहरी गाउँ क्षेत्र, नागडीबाटा- शिद्धनाथ क्षेत्र, मेल्टडा क्षेत्र र खीपाली-पौडी क्षेत्रमा ल्याण्डपुलिङका लागि अध्ययन हुने छ । कुनगडा- बयलपाटा, पहरी गाउँ क्षेत्र सबै भन्दा उत्तम क्षेत्र रहेको प्रारम्भीक अध्ययनले देखाएको अध्ययन टोलीका प्रमुख विनोध चन्द आर्चायले बताए ।

उनलका अनुसार अहिले ल्याण्डपुलिङ प्रक्रिया अगाडी नबढाए नयाँ शहर कार्यालयबाट अन्य कुनै पनि निमार्ण योजना अगामी बर्षबाट कार्यान्वय हुने छैन् । पाटनबाट नयाँ सहरको कार्यालय समेत सर्ने छ । १० नमुना सहर मध्य पाटन र ढोरपाटन नगरपालिकाले ल्याण्डपुलिङ प्रक्रिया अगाडी नबढाएको आर्चायको भनाई छ ।

ल्याण्डपुलिङ गर्ने कार्यपालिका निर्णय २०७७ मा नै भएको पाटन नगरपालिकाले जनाएको छ । तर यहाँका नागरिकले व्यक्तिगत जग्गा नदिदाँ तथा ल्याण्डपुलिङलाई जग्गा सडकले मास्ने जस्तो बुझेकाले समस्या आएको छ ।

अब पाटन नगरपालिकाले यसका लागि कठोर रुपमा अगाडी बढनु पर्ने समय आएको कार्यवाहक नगर प्रमुख बोहराले बताए । यो नयाँ सहरको योजनाबारे पहिले जनतालाई प्रष्ट योजना बनाउन आवश्यक रहेको उनको भनाई छ ।

सरकारले २०६८ सालमा देशका १० ओटा नमूना शहर मध्ये बैतडीको पाटनलाई पनि नमूना शहर बनाउने योजना अघि सारेको थियो। नमूना शहर बनाउने सरकारको योजना पछिल्लो समयमा अलपत्र परेको छ। यहाँ बनेको अधिकाश भौतीक संरचना अलपत्र जस्तै छन् ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.