स्थायी अनमीलाई काज सरुवा पठाएपछि प्रसूती सेवा बन्द

ललित बोहरा , बैतडी :

बैतडीको पाटन नगरपालिकाले दरबन्दी अनुसारको स्थायी अनमीलाई काजमा पठाएपछि प्रसूती सेवा बन्द भएको छ । जिल्लाको पाटन नगरपालिका वडा नम्बर ७ मा रहेको कैलपाल स्वास्थ्य चौकीमा कायरत अनमीलाई नगरपालिकाले कैलपाल स्वास्थ्य चौकी व्यवस्थापन समितिका निर्णय अनुसार अन्यत्र काजमा पठाएपछि गर्ववती जाँच तथा प्रसूती सेवा बन्द भएको हो ।

स्वास्थ्य चौकी प्रमुख नरेश बहादुर चन्दले एक सूचना जारी गर्दै अनमीको तालिम परेकोले ७ दिनसम्म गर्ववती जाँच तथा प्रसूती सेवा प्रदान गर्ने नसक्ने जनाएका हुन् ।
प्रदेश लोक सेवालाई अनमी आवश्यक भएको भन्दै नगरपालिकाले दरबन्दीको माग गरेकाे थियाे ।

। स्वास्थ्य चौकी व्यवस्थापन समितिले सरुवा सिफारिस गरेको तर नगरपालिकाले काज सरुवा गरेपछि समस्या भएको अध्यक्ष ललित बहादुर चन्दले बताए । अनमीको ललितपुर काज सरुवा र एक अनमीको धनगढी तालिम संगै परेपछि सेवा बन्द भएको अध्यक्ष चन्दले बताए।

उनले आफुले सरुवा अर्थात दरबन्दीमा नयाँ अनमी आउने गरी पठाएको भएपनि नगरपालिको काज सरूवा गरेपछि नयाँ अनमी नआउने बनाएकाे बताए ।

पाटन नगरपालिको कार्यपालिकाले निर्णय गरेर स्वास्थ्य मन्त्रालयले गरेरको पत्रअनुसार म आउनु भन्दा पहिले नै काज सरुवा गरेको प्रमुख प्रशासकिय अधिकृत गणेश ऐरीले बताए । प्रदेश लोकसेवाले दरबन्दी अनुसारका अनमी लगायत स्वास्थ्य सेवाका पदहरु पठाएपछि करारमा रहेका हटन्े भएकाले स्थायीलाई काजमा पठाउन थालिएको कर्मचारी स्रोतको दाबी छ ।

जनप्रतिनिधीहरुको दबाबपछि अनमी मञ्जु भण्डारी ठकुराठीलाई ललितपूर जिल्लामा तलब भत्ता त्यहीबाट पाउने तथा पाटन नगरपालिकाले रिक्त दरबन्दीमा लोकसेवा माग नगर्ने गरी काज सरुवा गरिएको छ।

पाटन नगरपालिकाले लोक सेवा माग गर्ने पाउने छैन भने करारमा बढी रहेका ठाउँबाट पदपूर्ति गर्ने छ ।

स्थानीय तहमा कर्मचारी सरुवा सहमती प्रमुख प्रशासकिय अधिकृत र नगरप्रमुखले गर्ने पाउने व्यवस्था छ । पाटनको दुर्गम मानीने कैलपाल स्वास्थ्य चौकीमा प्रसूती सेवा बन्द भएपछि सामन्य गर्वजाचँका लागि समेत हजारै रकम खर्च गरेर डडेल्धुरा, धनगढी जानु पर्ने बाध्यता आएको स्थानीय सुरेश चन्दले बताए ।

 

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.