बैतडी : बैतडीको एक बिद्यालयले लिएको बाल विकास शिक्षक पदको लेखित परिक्षामा सहभागी सबै परिक्षार्थी असफल भएका छन् ।
जिल्लाको बासुदेव आधारभूत बिद्यालय तडीगाउँ सुर्नया गाउँपालिका-३ ले लिएको परिक्षामा १३ जना महिला सहभागी थिए ।
कक्षा १० र १२ पास भएका महिलाहरुले उर्तिण अंक प्राप्त गरेको बिद्यालयका प्रधानाध्यापक सुरेन्द्रदेव भट्टले जारी गरेको सूचनामा उल्लेख गरेको छ । सहभागीको परिक्षा गाउँपालिकामा सम्पन्न भएको हो ।
भुवनेश्वर माध्यमिक बिद्यालय पत्थरकोट सुर्नया ७ चौथरीले लिएको परिक्षामा सहभागी ४ जनामा कुनै पनि सफल नभएको जनाएको छ । निमावी अंग्रेजी बिषय राहत दरबन्दीमा रिक्त रहेको पदकका लागि परिक्षा लिएको प्रधानाध्यापक नन्दराम अवस्थीद्धारा हस्ताक्षरीत सूचनामा उल्लेख छ ।