डडेल्धुराबाट भन्सार छलीका सामान बरामद

डडेल्धुराः डडेल्धुराबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाकाे परशुराम नगरपालिका–५ परिगाउँ स्थित पर्शुराम धाम सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५७ हजार ४५४ मूल्य बराबरको सामान बरामद गरिएको हो। उक्त मूल्य बराबरको चिनी, बिडी, पेय पदार्थ, चक्लेट, चप्पल लगायतका सामान प्रहरी चौकी शिर्षबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको डडेल्धुरा प्रहरीले जनाएको छ।

उता दार्चुलाको एक गोदामबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।

जिल्लाको महाकाली नगरपालिका–४ खंलगा स्थित तिंकर सडक खण्डमा रहेको धन लक्ष्मी स्टोर एण्ड सप्लायर्सको गोदामबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ३ हजार ७५ मूल्य बराबरको सामान बरामद गरिएको हो ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.