डडेल्धुराका एक युवकको नदीमा डुबेर मृत्यु

डडेल्धुरा : डडेल्धुराका एक युवकको नदीमा डुबेर ज्यान गएको छ।

आज (शुक्रबार) जिल्लाको अमरगढी नगरपालिका–२ कारीगाउँका २५ वर्षीय प्रतिक पन्तको कैलालीको गोदावरी नगरपालिका–८ स्थित हाटखोली भन्ने स्थानमा नदीमा डुबेर ज्यान गएको हो।

नेता प्रदीप पन्तका छोरा प्रतिक आफ्नो कार बुकिङमा चलाउँदै आएका थिए। शुक्रबार पनि सवारी लगेर उनी कैलाली गएको र गर्मीका कारण साथीहरूसँग नदीमा नुहाउन गएका थिए।

निकै मिजासिलो व्यवहार भएका उनको मृत्युले साथीभाई तथा आफन्त स्तब्ध भएका छन्।

Leave A Reply

Your email address will not be published.