बैतडी : नेकपा एमालेले सुदूरपश्चिम प्रदेशको सरकारमा सहभागि हुने मन्त्रीको नाम टुङ्गो लगाएको छ ।
मुख्यमन्त्री दिर्घ सोडारीले आज मन्त्रीपरिषद् विस्तारको तयारी गरेका छन् । एमालेबाट सुरेन्द्र पाल, वीर बहादुर थापा र हिरा सार्की मन्त्रीको नाम टुङ्गो लागेको बताइएको छ । सुरेन्द्र पाल प्रदेश सरकारको अर्थमन्त्री बन्ने एमाले नेताहरुले पुष्टि गरेका छन् ।
अन्य दुई मन्त्रालयको भने टुङ्गो लाग्न बाँकी छ । ५ बजे शपथ ग्रहण कार्यक्रम रहेको जानकारी गराइन्छ ।