सुदूरपश्चिममा माओवादीबाट भाट, रावल र विक मन्त्री बन्दै, शपथ ग्रहणको तयारी

बैतडी : मुख्यमन्त्री नियुक्त भएको डेढ महिनापछि सुदूरपश्चिममा सरकार विस्तार हुने भएको छ । सत्तारुढ दुई दल नेकपा एमाले र माओवादी केन्द्र सरकारमा जान तयार भएपछि मन्त्रीपरिषद विस्तार हुन लागेको हो ।

दिर्घ सोडारी नेतृत्वको सरकारमा समान हैसियतका दुई ठुला दल नेकपा माओवादी र नेकपा एमाले सहभागि भएको छैन ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीका लागि प्रदेश संसदीय दल र पार्टी नेतृत्वलाई जानकारी गराइसकिएको बताइएको छ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार अर्थ मन्त्रालय एमालेको भागमा परेको छ ।  माओवादीबाट सामाजिक विकास मन्त्रीमा ओमविक्रम भाटको नाम पठाउने तयारी भएको छ । यसबाहेक तत्कालका लागि अक्कल रावल र लक्ष्मी विक विना विभागीय मन्त्रीको सपथ लिनेछन् । एक दुई दिनमै उनीहरुको समेत मन्त्रालय टुङ्गो लाग्ने बताइएको छ । भाट कञ्चनपुर,रावल अछामबाट प्रत्यक्ष निर्वाचित सांसद हुन भने विक समानुपातिक सांसद हुन्

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.