मन्त्री नियुक्त प्रक्रिया रोक्न सत्तारुढ दल माओवादीका ५ सांसदको माग

बैतडी  : नेकपा माओवादी केन्द्रका पाँच सासंदहरुले सुदूरपश्चिम प्रदेशको मन्त्री नियुक्त प्रक्रिया रोक्न माग गरेका छन् ।

नेता खजराज भट्टसहित पाँच सांसदले मुख्यमन्त्री दिर्घ सोराडीलाई पत्र लेख्दै संसदीय दल र पार्टीमा छलफल नगरी संसदीय दलको नेताले आफु खुसी मन्त्रीहरुको नाम पेश गरेको भन्ने बुझिन् आएकाले संम्बन्धीत दलको परामर्श विना सिफारिस गरिएका नाममा हाम्रो गँम्भीर आपती रहेको जानकारी गराउदै मन्त्री नियुक्त गर्ने प्रक्रिया अविलम्ब रोक्न अनुरोध समेत गर्दछौँ, पाँच सासदले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।

पत्रमा प्रदेश सांसदहरु खगजराज भट्ट, शिव सिह अाेली, झपड बहादुर साउँद, रमेश सिह धामी, जानकी कुवँर पौडेलले हस्ताक्षर गरेका छन् ।

बैंठक फेस नगरी एक्काशी मन्त्रीको नाम सिफारिस गरेकोले आपत्ती जनाएको प्रदेश सांसद शिव सिह ओलीले बताए ।

१० जना सासंद मध्ये ५ जनाले नियुत्ती रोक्न माग गरेका छन् ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.