बैतडी:
मुक्त हलिया तथा स्थानीय तहका दलित महिला जनप्रतिनिधीका लागि तीनदिने तालिम बैतडीमा सुरु भएको छ । दलित महिला जनप्रतिनिधीलाई स्थानीय सरकारको काममा सक्षम बनाउनको लागि तालिमको आयोजना गरिएको हो ।
जिल्ला हलिया मुक्ती समाजका अध्यक्ष रमेश कोलीको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी संविधान सभा सदस्य लक्ष्मी परियार, विशिष्ट अतिथी पाटन नगरपालिकाका कार्यवाहक नगर प्रमुख कमल सिह बोहरा अपी रहेका थिए । एलडब्लएफको आयोजनामा सुरु भएको तालिम तीन दिन चल्ने छ ।
कार्यक्रममा बोल्दै पाटन नगरपालिका उपप्रमुख कमल बोहरा अपीले सबै नागरिक सक्षम भए जातीय विभेद अन्त्य हुने बताउनुभयो । गरिबीकै कारण जातीय विभेद कायम रहेको बताउदै दलित समुदायका नागरिक सक्षम नबन्दा विभेद अन्त्य हुन नसकेको बताए । आधाभुत वर्गका समस्या सुन्ने पार्टीका् कार्यकता भएकाले तपाईहरुको साथमा रहेको बताए ।
निर्णायक तहमा दलित समुदायको पनि प्रतिनिधित्व भएको बताउदै त्यो राम्रो पक्ष भएको बताउनुभयो । तालिममा बैतडीका ४ पालिका दलित जनप्रतिनिधीहरुकाृ सहभागीता रहेको छ । यस अगाडी संस्थाले डडेल्धुरा, डोटी लगायतका जिल्लामा तालिम सम्पन्न गरेको छ ।