सांसद तारा जोशीले भने- ‘मन्त्रालय फुटाउने भएपछि मन्त्री पद अस्वीकार गरे’

बैतडी  : सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजि मियाँले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।

मुख्‍यमन्त्री दीर्घबहादुर सोडारीले स्वतन्त्र प्रदेशसभा सदस्य डा। ताराप्रसाद जोशीसहित एमालेका ३, माओवादीका ३ र एकीकृत समाजवादीका एक गरी ८ जनालाई मन्त्री नियुक्त गरेका थिए । सोडारीले जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गरेका थिए । तर, स्वतन्त्र सांसद जोशीले मन्त्री पद अस्वीकार गरेका थिए । उनले मन्त्री पदका लागि मन्त्रालय फुटाउने बिषयमा आफु असहत भएर मन्त्री पद अस्वीकार बताए ।

सोडारीले यसअघि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्‍यवस्था कृषि तथा सहकारी मन्त्री मन्त्री नियुक्त गरेका थिए ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.