बैतडीका ७ स्थानीय तहका सहजकर्ता लागि १६ दिने तालिम सुरु

ललित बोहरा
बैतडी : बैतडीका सात स्थानीय तहका किशोर किशोरीलाई १६ दिने सहजकर्ता तालिम सुरु भएको छ । संयुक्त राष्ट्र संघ जनसंख्या कोष (यूएनएफपिए) को आर्थिक सहयोग तथा नेपाल प्रजनन स्याहार केन्द्र (एनएफसीसी) को आयोजनामा तालिम सुरु गरिएको हो ।

तलिममा जीवनोपयोगी सिप, यौन तथा प्रजनन शिक्षा, योजना तर्जुमा, नेतृत्व विकास, आत्मरक्षा, असल साथी चिन्ने, हानिकारक प्रचलन, जलवायु परिर्वतन लगायतमा १६ दिनसम्म प्रशिक्षण गरिने छ । सहजकर्ताले तालिम लिएर रूपान्तरण कक्षामार्फत बालबालिकालाई यौन तथा प्रजनन शिक्षा, योजना तर्जुमा, नेतृत्व विकास, आत्मरक्षा, असल साथी चिन्ने, हानिकारक प्रचलन लगायतका बारेमा स्थानीय समुहमा छलफल गर्न छन् ।

तालिमका समुहगत छलफल, समुह कार्य, चित्र छलफल, लगायतको विधिबाट जीवनोपयोगी सिपहरु समेत सिकाइने प्रशिक्षक रमिता सिंहले बताइन् ।
तालिमको उद्घाटन सत्रको अध्यक्षता पाटन नगरपालिकाका प्रमुख गौरी सिह रावलले गरेको थिए भने प्रमुख अतिथी डिलाशैनी गाउँपालिका अध्यक्ष शन्तोष जोशी, विशिष्ट अतिथी पाटन नगरपालिका उपप्रमुख कमल सिह बोहरा, अतिथी पाटन नगरपालिका वडा अध्यक्ष राजेन्द्र भट्ट, डिलाशैनी गाउँपालिकाका प्रबक्ता यदुराज भट्ट, पाटन नगरपालिक प्रमुख प्रशासकिय अधिकृत गणेश सिह ऐरी लगायतका रहेका थिए ।

प्रमुख अतिथी डिलाशैनी गाउँपालिका अध्यक्ष जोशी आफ्नो गाउँपालिकाले बालबिवाह न्युनिकरण गर्ने, समितिहरु गठन गरेको तथा नितीगत व्यवस्था कायम गरेका र हानिकारक प्रचलनहरुका बिरुद्धमा काम गरीरहेको बताए ।

तालिममा सहभागी हुन पाउदाँ किशोर–किशोरीहरु उत्साहित रहेको प्रशिक्षक कुन्ती भट्टले बताए । जिल्लाको पञ्चेश्वर, शिवनाथ गाउँपालिका र पुचौडी नगरपालिका बाहेका सात स्थानीय तहमा कार्यक्रम सञ्चालनमा रहेको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.