बैतडीको एक भान्छा घरमा आगलागी, खाद्यान्न र भाँडाकुडा जलेर नष्ट

बैतडी : बैतडीमा आगलागीबाट एकजनाको भान्छा घर जलेर नष्ट भएको छ । जिल्लाको पाटन नगरपालिका- ४ का केशवसिंह ऐरीको घर र भान्छा घरमा मंगलबार साँझ साढे ६ बजेतिर आगलागी भएको हो ।

घर बाहिर बालेको आगो सल्किँदा दुई तले ६ कोठे घर र कच्ची भान्छा घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।

आगलागीबाट भान्छा घर पूर्ण रुपमा नष्ट भएको छ भने भित्र रहेका खाद्यान्न र भाँडाकुडा जलेर नष्ट भएका छन् । यस्तै आगलागीबाट घरमा आंशिक क्षति भएको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

आगलागीबाट ऐरीले पालेको एक गाई समेत जलेर घाइते भएको छ । आगलागीबाट भएको क्षतिको एकीन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.