श्रीमानको कुटाईबाट घाईते श्रीमतीको डडेल्धुरा अस्पतालमा मृत्यु, श्रीमान पाटन प्रहरीको खोरमा

२२ बर्षीया भावना ऐरी घाइते

बैतडी (पाटन ):

बैतडीमा श्रीमानको कुटाईबाट श्रीमतिको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका- ४ चिल्लेपानीका ६२ बर्षीय प्रतापसिंह ऐरीले श्रीमति ६० बर्षीया सुना ऐरीमाथि मंगलबार कुटपीट गरेका थिए ।

श्रीमानको कुटाईबाट घाइते भएकी सुनाको बुधबार डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।

घरायसी विवाद कारण मंगलबार दिउँसो श्रीमतिमाथि प्रतापले कुटपीटका थिए । कुटपीटबाट घाइते भएकी सुनाको टाउकोमा चोट लागेको थियो । उनलाई जिल्ला अस्पताल बैतडीबाट थप उपचारका लागि मंगलबार राति नै डडेल्धुरा रेफर गरिएको थियो । उपचारकै क्रममा सुनाको बुधबार साँझ ५ बजेतिर मृत्यु भएको प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।

प्रतापको कुटपीटबाट उनकी बुहारी २२ बर्षीया भावना ऐरी समेत घाइते भएकी छन् । आफ्नी श्रीमतिमाथि कुटपीट गर्ने बेला झगडा छुट्याउन गएकी भावनाको खुट्टामा चोट रहेको प्रहरी निरीक्षक केसीले बताए ।

कुटपीट गरेर श्रीमतिको हत्या गर्ने प्रतापसिंह ऐरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  ऐरीलाई इलाका प्रहरी कार्यालय पाटनमा राखिएको छ । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.