बैतडीको सिगासमा प्रधानाध्यापकद्धारा कक्षा ९ अध्ययरत छात्रामाथि निर्धात कुटपिट

बैतडी: बैतडीको सिगास गाउँपालिकाका एक प्रधानाध्यापकलाई छात्रालाई निर्धात कुटपिट गरेका छन् । गाउँपालिकाको वडा नम्बर ५ मा रहेको भुवनेश्वरी मावि खैरकोटका प्रधानाध्यापक बिरेन्द्र सिंह धामीले कक्षा ९ अध्ययरत छात्रालाई निर्धात कुटपिट गरेको हो ।

बुधबार कक्षा ९ मा अध्ययनरत छात्रा संगिता धामीलाई काम्ने, चिच्याउने गरेपछि प्रअले कुटपीट गरेको आफन्त जगदीश धामीको आरोप छ । संगीताको शरिलमा गम्भीर चोटका डाम्महरु देखिएको छन् । उहाँका आफ्न्तले समाजीक सञ्जालमा फोटोहरु पोष्ट गर्दै प्रधानाध्यापकलाई कारबाहीको माग गरेका छन् ।

वडा नम्बर ५ का वडा अध्यक्ष राजेन्द्र बहादुर चन्दका अनुसार प्रधानाध्यापक बिरेन्द्र सिंह धामीले आवेगमा आएर कुटपिट गरेको स्विकार गरेकाे बताए ।

अभिभावक भेलामा प्रअले घाइते छात्राको उपचार गर्ने प्रतिबद्धता गरेको बताए।

‘प्रअले रिसले कुटेको गलतl भएको भनेका छन्, आज योजना तर्जुमाका लागि बिद्यालय नजिक भेला थियो त्यही भेटेको मैले, वडा अध्यक्ष चन्दले भने, ‘त्यो बिद्यालय छात्रा काम्ने बेहोस हुने त पहिलेबाट हो तर कुटपीट नगर्नु पर्ने हो । बाँकी कुरा आफ्न्तलाई सोध्नुस ।’

बिद्यालयका सूचना अधिकारी अमर सिह धामीले छात्रालाई अस्पताल नगेर धामी झाँक्रीलाई सोध्ने काम भइरहेका बताए । उनले भने, ‘घरकाले अस्पताल लग्न मान्नेका छैनन् अस्पताल लगे त बिद्यालय उपचार खर्च दिन्छ । कुटपीट भएको हैन  विज्ञप्ती छ त्यही मात्र हो ।’
आफ्न्तका अनुसार छात्रा बेला-बेलामा बेहोस भइरहेकी छन् । घटना भएकाे दुइ दिनसम्म अस्पताल त कहाँकाे नजिककाे स्वस्थ्य केन्द्रमा समेत लगिएकाे छैन्र । देवता अाएकाेले कुनै ठाउँ नलगिएकाे स्थानीयले बताए ।

सिगास गाउँपालिका अध्यक्ष हरिसिह धामीका आफ्नौ भाई प्रअ धामी विभिन्न बिषयमा विवादमा आइरहने गरेका छन् ।

यस घटनामा बिद्यालय व्यवस्थापसहित तीन जनाले विज्ञप्ती जारी गदै बचाउ गरेका छन् । एक बिद्यालयको विज्ञप्ती तीन जनाको हस्ताक्षरमा निकाल्नुले थप आशका उत्पन गरेको छ । बिद्यालयले काम्ने, चिच्याउने, हाम फाल्ने, आफै जमिनमा लछारपछार गर्ने, आफ्ना हातखुट्टा भुईमा बजार्ने, मुर्छा पर्ने खालको रोग लागेको ठीक साँचो भएको जनाएको छ ।

विज्ञप्ती

विगत दुई वर्षदेखि अर्थात गत मिति २०७९ साल देखि यस विद्यालयमा कतिपय छात्राहरुलाई बारम्बार काम्ने रोग रहेको साथै कक्षा ९ मा अध्ययनरत छात्रा संगिता धामीलाई पनि बैनाले छोएको अर्थात काम्ने, चिच्याउने, हाम फाल्ने, आफै जमिनमा लछारपछार गर्ने, आफ्ना हातखुट्टा भुईमा बजार्ने, मुर्छा पर्ने खालको रोग लागेको ठीक साँचो हो ।

यसै क्रममा यही मिति २०८१र०२र३० गतेका दिन निज छात्राले काम्दै विद्यालयको डिलतिर हाम फालेको र आफै लछारपछार गर्दा यस विद्यालयका सम्पुर्ण शिक्षकहरु र कक्षा १० का सम्पुर्ण विद्यार्थीहरु मिलेर निजलाई कठिन परिश्रम गरि समातेर कोठा भित्र राखेको ठिक साँचो हो ।

हाम फाल्ने र जमिनमा आफ्ना हातखुट्टा आदि अंगहरु बजार्दै गर्दा निजको शरिरको केहि भागमा सामान्य राता डामहरु देखिएको छ । यस घटनालाई लिएर केही व्यक्तिहरुद्वारा यस विद्यालयका प्रधानाध्यापकको विरुद्धमा चरित्र हत्या हुनेगरि सामाजिक सञ्जालमा प्रेषित भ्रामक र बदनियत पुर्ण एवम् विद्यालयको गरिमामा आँच आउने किसिमका कुराहरु शत प्रतिशत झुटा हुन । यस विषयमा समग्र विद्यालय परिवारको गम्भीर ध्यानाकर्षण भएको छ ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.