बैतडी : बैतडीको मेलौलीमा नरभक्षी चितुवा आक्रमण गर्ने थालेको छ । जिल्लाको मेलौली नगरपालिका – ८ कोटिगाउ डफन्ना बस्ने देब सिह बिष्टकी श्रीमती ३५ वर्षिय भानमती बिष्ट नरभक्षी चितुवा आक्रमणबाट जोगीएकी छन् ।
शुक्रबार दिउँसो बिशालपुर बहुउद्देश्य कृषि तथा सहकारीमा जाँदै गर्दा घर नजिकै लौकानि भन्ने ठाँउमा चितुवाले आक्रमण गर्न खोज्दा स्थानीय गोठालाहरुले जोगाएका हुन् । नरभक्षी चितुवा आक्रमणबाट भानमतीको खुट्टामा समान्य चोटलागेको सामुदायिक बन समितिका सचिव रमेश सिह ठगुन्नाले बताए ।
नरभक्षी चितुवा आक्रमण गर्ने थालेपछि यहाँका नागरिक त्रसित भएको स्थानीय डम्बर ठगुन्नाले बताए ।