पहिलो पटक चर्मण्वती साहित्य सम्मेलन तथा अन्तरर्राष्ट्रिय काव्य गोष्ठी शुरु

बैतडी : बैतडीमा चर्मण्वती साहित्य सम्मेलन तथा अन्तरर्राष्ट्रिय काव्य गोष्ठी शुरु भएको छ । चमेलीया अर्थात चर्मणवती नदी किनार डिलाशैनी गाउँपालिका– ६ गोकुलेश्वरमा सम्मेलन सुरु भएको हो ।

राष्ट्रियता संरक्षण अभियानको आयोजना र डिलाशैनी गाउँपालिकाको मुख्य प्रवद्र्धनमा सम्मेलन शुरु गरिएको राष्ट्रियता संरक्षण अभियानका अध्यक्ष हेमबाबु लेखकले बताए ।

सम्मेलनमा नेपाल तथा भारतका साहित्य अनुरागी तथा लेखकहरुको सहभागिता रहेको छ । चर्मण्वती सभ्यताको उजागार गर्ने र साहित्यका माध्यमबाट मित्रराष्ट्रहरुबीच सम्बन्ध सुधार गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो ‘चर्मण्वती सभ्यताको बिषयमा जानकारी दिनका लागि हामीले सम्मेलनको आयोजना गरेका हौं । यसले सभ्यता विस्तारमा सहयोग गर्नेछ ।’

सम्मेलनमा सीमावर्ती भारतका साहित्यकार डा.पिताम्बर अवस्थी, डा. अरुणप्रतापसिंह भदौरिया गायिका भगवती दनुपुरिया, कथक नृत्यकार गुरु हेमन्त महाराज लगायतको सहभागिता छ ।

यस्तै नेपालका तर्फबाट रमेश पन्त (मितबन्धु), जगदीश ओझा,गंगा बिष्ट, तीर्थराज पाण्डेय लगायतको सहभागिता छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा साहित्य र सभ्यताका बिषयमा छलफल हुने राष्ट्रियता संरक्षण अभियानका अध्यक्ष लेखकले बताउनुभयो ।

डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीको अध्यक्षतामा भएको सम्मेलन उद्दघाटन सत्रमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डा. हेमराज पन्त प्रमुख अतिथी रहेका थिए । यस्तै उद्दघाटन सत्रमा विश्वविद्यालयका रजिष्टार यज्ञराज पाठक, शैल्यशिखर नगरपालिकाका प्रमुख वियजसिंह धामी, अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहरा लगायतको सहभागिता रहेको थियो ।

सम्मेलनको उद्दघाटन सत्रका वक्ताहरुले साहित्य सम्मेलनले यो क्षेत्रमा भाषा, साहित्य र सभ्यताको उन्नयनमा सहयोग पुग्ने बताएका छन् । साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठीको उद्दघाटन सत्रमा बोल्दै भारतीय साहित्यकार डा. पिताम्बर अवस्थीले साहित्यको सिमाना नहुने बताउनुभयो । यस्ता सम्मेलनले दुईदेशबीचको सम्बन्धलाई अझै बलियो बनाउने उहाँको भनाई छ ।

यस्तै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. हेमराज पन्तले साहित्य सम्मेलनले यो क्षेत्रको सभ्यता चिनारीमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

चर्मण्वती साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठीले चौलानी नदीको सभ्यता र यसको महत्वका बिषयमा उजागर हुने डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए ।
सम्मेलन सोमबारसम्म सञ्चालन हुनेछ । सम्मेलनमा विभिन्न साहित्यक प्रस्तुतीका साथै चर्मण्वती सभ्ययता, साहित्य र सिमाना लगायतका बिषयमा छलफल हुनेछ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.