बैतडी : इलाका प्रहरी कार्यालय पाटन बैतडीमा नयाँ प्रहरी निरीक्षक (इन्सपेक्टर) राजेन्द्र साउँद हाजिर भएका छन् । प्रहरी इन्सपेक्टर सरोज ठकुराठीको काठमाण्डौ सरुवा भएपछि नयाँ कार्यालय प्रमुखको रुपमा साउँद हाजिर भएका हुन् ।
आईतबार प्रहरी इन्सपेक्टर ठकुराठीको इलाका प्रहरी कार्यालयले फेरी भेटौँला कार्यक्रमको आयोजना गरेर बिदाई तथा नयाँ प्रमुख साउँदको स्वागत कार्यक्रमको गरेको छ ।
पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिह रावलको अध्यक्षमा गरेको कार्यक्रम नगर उपप्रमुख, वडा नम्बर ५ का अध्यक्ष फुनी बोहरा, ६ का अध्यक्ष राजेन्द्र बिष्ट, व्यपारी, कर्मचारी, पत्रकार लगायत उपस्थीती रहेको थियो ।
नयाँ इलाका प्रहरी प्रमुखलाई जनताले शान्ति सुरक्षाको अनुभुती हुने गरी कार्य गर्न अनुरोध गरेका छन् ।