ललित बोहरा, बैतडी : शनिबार ११ बजे राती बैतडीको पाटन नगरपालिका-६ का सवारी चालक बिरभान सिंह बिष्ट गाउँमा पुगे ।
अधिकास समय स्थानीय शिक्षिका भागरथी विष्टको घर गइराख्ने उनी त्यो राती पनि गए । तर आईतबार बिहान उनी बाहिर देखा परेन् । घरकी श्रीमतीले सोधिन् बिरभान कहाँ छ भनेर किन की शनिबार हल्ला-खल्ला भएको छिमेकिले थाहा पाईसकेको थिए । भागरथीले भनीन्-धनगढी समान र पैसा लिन गएकाे छ । त्यसपछि आईतबार भागरथी कहिले तालाचाबी नलाउने गोठमा ताला लगाएर नजिकैको श्री सहश्रीलिङ आधाभुत बिद्यालयमा गइन् । एक बिषय पढाएर फेरी घर आइन घर आएको अधिकाँस छिमेकीले देखे । फेरी बिद्यालय गइन्-आईन् । गाेठमा शब राखेर बिद्ालय गएकाे अनुसन्धानले देखाएकाे छ ।
अाइतबार राती फेरी छिमेकीले ठुलाै स्वरमा आवाज सुनीन् केही गाउँमा महिलालाई फोन गरिन् राती भएकोले कसैले आउन सकेनन् । बिहान केही स्थानीयले रगताम्य घर आगनदेखी खेतबारीसम्म देखेपछि प्रहरीलाई खबर गरे ।
प्रहरीले भागरथी बिष्टलाई नियन्त्रणमा लिएर खोज तलास गर्दा हत्या गरेको स्विकार गरिन् तर एक्लैले हत्या गर्न नसक्ने भन्दै प्रहरीले थप अनुसन्धान अगाडी बढ्यो । शव कहाँ राखिएको छ त्यो बनाउन महिलालाई नै सोधियो एक जना पाटन छ का पहरी थरका पुन्टु र अर्को राजु भन्ने हो तर म चिन्दैन भनीनन् । त्यसै आधारमा खोज्दै गर्दा ५१ बर्षिय बिष्टको पाटन-६ मै पाटन पञ्चेश्वर सडकखण्ड अन्तर्गत पर्ने घानल खोलामा सोमबार दिउँसो १० घण्टापछि प्रहरी जवानले शव फेला भेटायो ।
घटानामा शव व्यवस्थापन गर्ने र हत्या गर्ने फरक-फरक रहेकाले प्रहरीले त्यसै अनुसार अनुसन्धान गरी रहेको स्रोतले बताएको छ ।
शव व्यवस्थापनमा सहयोग गरेको आरोपमा तीन जनामाथि प्रहरीले अनुसन्धान गरीरहेको छ । जसमा दुई जना प्रहरी सम्र्पकमा डडेल्धुराबाट पुगेका छन् एक जना फरार छ । हत्यामा सहयोगको आरोपमा यो समाचार तयार गर्दासम्म एक जनालाई इलाका प्रहरी कार्यालय पाटनले नियन्त्रणमा लिएको छ ।
टाउकाेमा चिरपटको प्रहार
मृत्यक बिष्टको एक समुहले चिरपटको प्रयोगले हत्या गरेको अनुमान गरीएको छ । टाको फुटेका अवस्थामा शव फेला परेकोले तथा ३ सल्लाको चिरपट फेला परेकाले हत्यामा प्रयोग भएको आशंका प्रहरीले गरेको छ ।
शब पानी परे प्रयोग गरिने प्लाटिक र भैसी बाध्न प्रयोग गरिने डोरीले बाधेको अवस्थामा फेला परेको हो । उनको शव भिरबाट खोलामा फालेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । उनी असार १ गते शनिवार देखी उनि सम्पर्क बिहिन थिए । उनलाई बेपत्ता पारेको भन्दै बिष्टका आफन्तले इलाका प्रहरी कार्यालय पाटनमा सोही वडाकै २६ बर्षिय महिला भागरथी बिष्टको नाममा निवेदन दिएका थिए । त्यसपछि लगत्तै उनलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको थियो । मृत्यु बिष्टका दुई छोरी र एक छोरा छन् ।
एकपछि अर्को घटनाले पाटनका नागरिकहरू असुरक्षीत महसुश गरिरहेकाे स्थानीयले बताए । मुख्य पाटनका स्थानीय त्रसीत छन्र ।