ललित बाेहरा,बैतडी : बैतडीको पाटन नगरपालिका-६ घर भएका ५१ बर्षीय ट्रक चालक बिरभान बिष्टको हत्यामा संलग्न रहेको आरोपमा पाँच जना विरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।
मृतकका आफन्तले मंगलबार पाँचजना विरुद्ध किटानी जाहेरी दर्ता गरेका हुन् । किटानी जाहेरी दर्ता भएकामध्ये ४ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने एकजना अझै फरार रहेका छन् ।
पक्राउ पर्नेमा पाटन नगरपालिका-६ की ३६ बर्षीया शिक्षिका भागरथी बिष्ट, पाटन नगरपालिका ६ का करिब ३८ बर्षिय भरतमोहन बिष्ट, पाटन नगरपालिका-१ का १९ बर्षिय राजेन्द्र भट्टराई र १७ बर्षिय किशोर भट्टराईलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।
एक जना दुई दिनदेखि फरार छन् । उनलाई खोज्न प्रहरी परिचालन गरेको छ । हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीयले सडक आन्दोलन गरेका छन् ।
आफ्न्तले शव पोष्टमार्टम लामो समयपछि शोमबार साझ मात्र बनेको छ । अहिले शव पोष्टमार्टम गरिएको छ । तर शव नबुझने अडानमा आफ्न्त छन् ।
असार १ गते शनिबार रातिबाट हराएका बिष्टको शव सोमबार दिउँसो पाटन नगरपालिका-६ स्थित घाङल खोलामा फेला परेको थियो ।
सहस्त्रलिंग आधारभूत विद्यालय पाटन-६ की शिक्षिका समेत रहेकी भागरथीले बिरभानको हत्या गरेको स्वीकार गरिसकेकी छन् । उनले काठको चिरपटले हानेर बिरभानको हत्या गरेको प्रहरी समक्ष बयान दिएकी छन् ।
घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा मृतक बिष्ट र अन्य व्यक्तिहरु भागरथीको घरमा आउजाउ गर्ने गरेको बुझिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारैजनामाथि प्रहरीले अदालतबाट म्याद थपेर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।
१ सार १ गते राति नै बिष्टको हत्या भएको र हत्या भएको २४ घण्टापछि मात्रै शवलाई खोलामा फालिएको प्रहरीले जनाएको छ । हत्या गरेको २४ घण्टासम्म मृतक बिष्टको शव भागरथीकै घरमा राखिएको र त्यसपछि अन्य व्यक्तिहरुको सहयोगमा शव खोलामा फालिएको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमपछि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ ।