बिरभान हत्या प्रकरण : फरार एक जना जंगलबाट पक्राउ

ललित बोहरा, बैतडी : बैतडीको पाटन नगरपालिका-६ घर भएका ५१ बर्षीय ट्रक चालक बिरभान बिष्टको हत्यामा संलग्न रहेको आरोपमा फरार एकजनालाई पक्राउ गरेको छ । आईतबार बिहान घरबाटै फरार रहेका पाटन नगरपालिका ६ का करिब २६आशिष पहरी (पुन्टु)लाई पाटन नगरपालिका- १ समैजी जंगलबाट पक्राउ गरेको हो । एक बाँझो घरमा लुकीरहेको प्रहरीका अनुसन्धान टिमले देखेपछि उनी जंगल भागेका थिए ।

आषिश एक ओटो चालक हुन् । तर उनको आटो मर्मतका लागि धनगढीमा छ । अब उनीबाट प्रहरीले तीन मुख्य बिषयको जवाफ अपेक्षा गरेको छ । हत्या गर्नु पर्ने बिषय के हो ? हत्यामा संलग्न को हो हुन् । शब व्यवस्थापन को को हुन् कुन सवारी प्रयोग भएको हो । उनलाई यो घटनाको भागरथी पछिको मुख्य योजनाकारका रुपमा स्थानीयले हेरेका छन् । पहरीकी श्रीमती बिदेशमा छिन। छोरा छोरीको पालन पोषक र अटो व्यवसाय उनले गरिरहेका थिए ।

जंगलबाट थप प्रहरी परिचालन गरेर पक्राउ गरेको स्रोतले बताएको छ । उनीसहित पाँच जना विरुद्ध मंगलबार किटानी जाहेरी दर्ता भएको छ ।

मृतकका आफन्तले मंगलबार पाँचजना विरुद्ध किटानी जाहेरी दर्ता गरेका हुन् ।
यस अगाडी पक्राउ पर्नेमा पाटन नगरपालिका(६ की ३६ बर्षीया शिक्षिका भागरथी बिष्ट, पाटन नगरपालिका ६ का करिब ३८ बर्षिय भरतमोहन बिष्ट, पाटन नगरपालिका(१ का १९ बर्षिय राजेन्द्र भट्टराई र १७ बर्षिय किशोर भट्टराईलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।

हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीयले सडक आन्दोलन गरेका छन् । अहिले शव पोष्टमार्टम गरिएको छ । तर शव नबुझने अडानमा आफ्न्त छन् ।

असार १ गते शनिबार रातिबाट हराएका बिष्टको शव सोमबार दिउँसो पाटन नगरपालिका(६ स्थित घाङल खोलामा फेला परेको थियो ।

सहस्त्रलिंग आधारभूत विद्यालय पाटन(६ की शिक्षिका समेत रहेकी भागरथीले बिरभानको हत्या गरेको स्वीकार गरिसकेकी छन् । उनले काठको चिरपटले हानेर बिरभानको हत्या गरेको प्रहरी समक्ष बयान दिएकी छन् ।

घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा मृतक बिष्ट र अन्य व्यक्तिहरु भागरथीको घरमा आउजाउ गर्ने गरेको बुझिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारैजनामाथि प्रहरीले अदालतबाट म्याद थपेर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।

असार १ गते राति नै बिष्टको हत्या भएको र हत्या भएको २४ घण्टापछि मात्रै शवलाई खोलामा फालिएको प्रहरीले जनाएको छ । हत्या गरेको २४ घण्टासम्म मृतक बिष्टको शव भागरथीकै घरमा राखिएको र त्यसपछि अन्य व्यक्तिहरुको सहयोगमा शव खोलामा फालिएको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमपछि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.