बैतडी : बैतडीको पाटन नगरपालिका-६ बस्ने ५१ बर्षीय ट्रक चालक बिरभान बिष्टको हत्या भएको ५ दिनपछि बुधबार दाहास्कार हुने भएको छ । परिवारजनले बुधबार शव बुझेपछि दाहास्कार हुन लागेको आफ्न्तले बताए ।
असार १ गते शनिबार राति नै बिष्टको हत्या भएको र हत्या भएको २४ घण्टापछि मात्रै शवलाई खोलामा फालिएको अवस्थामा फेला परेको थियो । हत्या गरेको २४ घण्टासम्म मृतक बिष्टको शव शिक्षीका भागरथी बिष्टले घरको गोठमा राखिएको र त्यसपछि अन्य व्यक्तिहरुको सहयोगमा शव खोलामा फालिएको थियो ।
मृतकका आफन्तले मंगलबार पाँचजना विरुद्ध किटानी जाहेरी दर्ता गरेका हुन् । थप एक जनाका नाममा किटानी जाहेरी दिने बिषयमा छलफल भइरहेकाे छ ।
पक्राउ पर्नेमा पाटन नगरपालिका-६ की ३६ बर्षीया शिक्षिका भागरथी बिष्ट, पाटन नगरपालिका-६ का करिब ३८ बर्षिय भरतमोहन बिष्ट, पाटन नगरपालिका-१ का १९ बर्षिय राजेन्द्र भट्टराई र १७ बर्षिय किशोर भट्टराई छन। उनलाइ पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।
घटना संलग्न रहेको आरोपमा फरार आषिश पहरी (पुन्टु) लाई बुधबार पक्राउ गरेको छ । प्रहरीले उनको अहिले बयान लिइरहेको छ ।
दुई दिन राती पहरीलाई खाना, वास र लुगा कपडा दिनेलाई समेत प्रहरीले अनुसन्धानमा लगाउने तयारी गरेको छ । यस्र्तै घटनामा आफ्न्तको संलग्नता रहेको बिषय उठेको छ । त्यस बिषयमा समेत प्रहरीले अनुसन्धान प्रक्रिया अगाडी बढेको छ ।
प्रहरीले अहिलेसम्म मुख्य योजनाकार महिलालाई नै बनाएर अनुसान्धान गरिरहेका छ । तर पहरीको बयानपछि प्रहरीले अनुसन्धानाको दायरा कता पुग्छ । भन्नेमा चासोका साथ हेरिएको छ । यदापी शवको व्यवस्थापन र हत्यारा फरक हुन भन्नेमा स्थानीय एकमत छ प्रहरीले समेत त्यही शिराबाट अनुसन्धान गरीरहेको छ ।