नेपाल परिवार नियोजन बैतडीको १४ औँ शाखासभा सम्पन्न

बैतडी : नेपाल परिवार नियोजन बैतडी शाखाको १४ औँ शाखा सभा सम्पन्न भएको छ । जिल्लाकाे मुख्य केन्द्र पाटनमा शाखाको १४ औँ शाखसभा सम्पन्न भएको हो । सभामा सन् २०२३ मा संस्थाले गरेका कार्यक्रम प्रगती तथा आर्थिक प्रतिबेदन प्रस्तुत भएको छ ।

बैतडीमा बिद्यलाय व्यवस्थापन समिति, अभिभावक, शिक्षक, बिद्यार्थी गरी १ सय १६ जनालाई बृहत यौनीकता शिक्षा दिएको छ भने बझाङमा शिक्षक, बिद्यार्थी बृहत यौनीकता शिक्षा प्रदान गरेको जनाएको छ ।

विभिन्न सयममा बैतडी र बझाङमा शिवीरहरु सम्पन्न गरेको तथा महिला दिवस, परिवार नियोजन लगायतका दिवसहरु मनाएको प्रगिती प्रतिवेदनमा उल्लेख छ ।
परिवार नियोजन शाखा बैतडीबाट औषधि विधीबाट १० बर्षदेखी २४ बर्ष उमेरका १२ जना र २५ माथीका ४८ जना गरी सन् २०२३ मा ६० जनाले सुरक्षीत गर्भपतन सेवा लिएको सभापती मान बहादुर चन्दले बताए ।

उनले परिवार नियोजन संघका चुनौती, अवसर र र्वतमान समस्याका बिषम समेत सभामा जानकारी गराएका छन् ।

सभामा प्रमुख अतिथी पाटन नगरपालिका नगरप्रमुख गौरीसिह रावल, अतिथी उपप्रमुख कमल सिह बोहरा, नेपाल परिवार नियोजन संघका केन्द्रीय सदस्य भागरथी भट्ट, बिद्यालय प्रअ, कार्यालय प्रमुख तथा प्रतिनिधी, पत्रकार, बिद्यार्थी लगायतको उपस्तिथी रहेको थियो ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.