बैतडी :
नेकपा माओवादी केन्द्र निटक संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बैतडीको संयोजकमा द्रोपती भट्ट चयन भएकी छन् । पाटनमा शनिबार सम्पन्न प्रथम जिल्ला भेलाले भट्टको संयोजकत्वमा नयाँ जिल्ला कमिटि चयन गरेको हो ।
कमिटिको सहसंयोजकमा जानकी बोहरा, सचिवमा गंगा जोशी लगायत अन्य सदस्यहरु रहेका छन् । प्रत्येक पालिकाका कमिटिका पदाधिकारीहरु पदेन सदस्य रहने व्यवस्था रहेको अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की बैतडी इन्चार्ज स्वेता भट्टले बताइन् ।
जिल्ला इन्चार्ज स्वेता भट्टको अध्यक्षतामा सम्पन्न भएको भेलामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की केन्द्रीय उपाध्यक्ष एवं सुदूरपश्चिम इन्चार्ज रेणु चन्द प्रमुख अतिथी रहेकी थिइन् । भेलामा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारी, प्रदेश कमिटि सदस्य कमलसिंह बोहरा लगायतको सहभागिता रहेको थियो ।