बिरभान हत्या प्रकरण : घटनाको ६ दिनपछि बिष्टको मोबाइल खेतमा भेटीयो

ललित बोहरा, बैतडी :बैतडीको पाटन नगरपालिका-६ बस्ने ४५ बर्षीय ट्रक चालक बिरभान बिष्टको हत्या भएको छ दिनपछि उनको मोबाईल भेटीएको छ ।

हत्यामा मुख्य योजनाकारको आरोप लागेकी भागरथी बिष्टले खेतमा लुकाइराखेको बयानका आधारमा मोबाईफोन भेटीएको स्रोतले बताएको छ ।

भागरथीले जुन राती शव व्यवस्थापन गरेको हो त्यही राती मोबाईल पनि त्यही खेतकाे माटाेमा गाडेको अवस्थामा फेला परेको छ । प्रहरीले मोबाईल बुधबार राती भेटाएको छ । घटनामा संग्लन भएको आरोपमा आईतबार बिहान घरबाटै फरार रहेका पाटन नगरपालिका-६ का करिब २६आशिष पहरी (पुन्टु) लाई पाटन नगरपालिका- ५ कुवापानी जंगलबाट पक्राउ गरेको हो । एक बाँझो घरमा लुकीरहेको प्रहरीका अनुसन्धान टिमले देखेपछि उनी जंगल भागेका थिए ।  पहरीले बुधबार नै अदालतबाट म्याद समायोजन गरेर अनुसन्धान अगाडी बढेको छ ।

पहरीसहित मृतकका आफन्तले मंगलबार नै पाँचजना विरुद्ध किटानी जाहेरी दर्ता गरेका हुन् । पाटन नगरपालिका-६ की ३६ बर्षीया शिक्षिका भागरथी बिष्ट, पाटन नगरपालिका-६ का करिब ३८ बर्षिय भरतमोहन बिष्ट, पाटन नगरपालिका-१ का १९ बर्षिय राजेन्द्र भट्टराई र १७ बर्षिय नावालकलाई पक्राउ गरेर अनुसन्धान छ ।
घटनामा संलग्नता क-कसको छ भन्ने बिषयमा अहिले मुख्य अनुसान्धन भइरहेको छ ।

असार १ गते शनिबार रातिबाट हराएका बिष्टको शव सोमबार दिउँसो पाटन नगरपालिका-६ स्थित घाङल खोलामा फेला परेको थियो । बुधबार शवको दाहासंस्कार गरेको आफ्न्तले बताए ।

सहस्त्रलिंग आधारभूत विद्यालय पाटन-६ की शिक्षिका समेत रहेकी भागरथीले बिरभानको हत्या गरेको स्वीकार गरिसकेकी छन् । उनले काठको चिरपटले हानेर बिरभानको हत्या गरेको प्रहरी समक्ष बयान दिएकी छन् । उनले अहिलेसम्म कुनै बयान परिर्वतन गरेकी छैनन् ।

घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा मृतक बिष्ट र अन्य व्यक्तिहरु भागरथीको घरमा आउजाउ गर्ने गरेको बुझिएको प्रहरीले जनाएको छ । पक्राउ परेका पाँच जनामाथि प्रहरीले अदालतबाट म्याद थपेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

असार १ गते राति नै बिष्टको हत्या भएको र हत्या भएको २४ घण्टापछि मात्रै शवलाई खोलामा फालिएको देखिएको थियो । हत्या गरेको २४ घण्टासम्म मृतक बिष्टको शव भागरथीकै घरको गाठमा ताला लागाएर राखिएको र त्यसपछि अन्य व्यक्तिहरुको सहयोगमा शव खोलामा फालिएको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.