आज देशभर विश्व योग दिवस मनाइँदै, बिद्यालयहरुमा कार्यक्रम

बैतडी : आफू र समाजका लागि योग’ भन्ने नाराका साथ आज विश्व योग दिवस मनाइँदै छ। हरेक वर्षको जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा नेपालसहित विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइन्छ । योग एउटा समग्र अभ्यास हो जसमा शारीरिक आसन, प्राणायाम ९श्वास अभ्यास०, ध्यान र नैतिक सिद्धान्त ९यम र नियम० समावेश रहेको हुन्छ ।

यो मन, शरीर र आत्माबीच तादम्यता एवम् सद्भावको भावलाई विकसित एवम् त्वरित गर्ने प्रतीक पनि हो । यसले वर्तमानमा केन्द्रित हुँदै तनाव एवम् नकारात्मकताबाट बच्न सिकाउँदछ । योगले आफ्नो जीवनमा शान्ति र सद्भाव खोज्नमा सघाउने योग गुरुहरु बताउँछन् ।

योग दिवसको अवसरमा डडेल्धुरा र बैतडी बिद्यलायहरुमा बृहत योग शिवीर गरेर मनाएको छ । डडेल्धुराको माउण्टेन मावि बागबजार र बैतडीको राम जानकी बिद्यालयमा बिद्यार्थीहरुलाई योग सिकाएर मनाएको बताइएको छ । डडेल्धुराका भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पुर्व मन्त्री गोबिन्द बोहरा लगायतका सहभागी थिए । उनले योग र साधनालाई शिक्षा, जीवन र व्यवहारमा जोड्दै आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गर्न आवश्यक बताए ।

यता बैतडीको पाटनमा बिद्यार्थीहरुको योगका बिषयमा प्रशिक्षण गर्दै पाटन नगरपालिका नगर उप प्रमुख कमल सिह बोहराले योगाभ्यासलाई जीवनको अभिन्न क्रियाकलापका रूपमा अवलम्बन गरी स्वथ्य जीवनयापनको मार्गमा अघि बढ्न आह्वान गरेका छन् ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.