ललित बाेहरा,बैतडी : बैतडीको पाटन नगरपालिका-३ गुजर स्वास्थ्य चौकीको निमार्णाधिन भवनमा गुणस्तररहित काम भइरहेको पाइएको छ । आईतबार जिल्ला समन्वय समिति बैतडी र पाटन नगरपालिकाले संयुक्त रुपमा गरेको अनुगमनले गुणस्तरिय काम नभएको पाएको जनाएको छ ।
जिल्ला समन्वय समिति सदस्य करन कठायत, पाटन नगरपालिका उपप्रमुख तथा अनुगमन समिति संयोजक कमल सिह बोहरा, कार्यपालिका सदस्य रमेश कोली, इन्जीनियर गोबिन्द पन्त, योजना शाखा प्रुमख बिरबहादुर महता लगायतको टिमले स्वास्थ्य चौकी भवनको अनुगमन गरेको हुन् ।
अनुगमनका क्रममा सेट भएको सिमेन्टलाई फुटाएर प्रयोग गरेको तथा इटाको चिनाई कमजोर र पिलरमा बाहिरैबाट रडहरु देखीने कमसल काम भएको अनुमन टीममा सहभागी टिमले बताए ।
बालुवा समेत खिलहरु भएको प्रयोग गरेको कामदारले समेत स्विकार गरेका छन् । एक कामदारले भने,’ ठेकदारलाई सिमेन्ट र बालुवा राम्रो छैन भनेर अगाडी नै भनेर तर काम छिटो सक्नुस बाहेक अरु कुनै प्रक्रिया आउदैन हामीले के गर्ने जे भन्नु हुन्छ ठेकेदार कम्पनीलाई भन्नुस ।’
कामदारले इन्जीनियलाई अगाडी नै यस्तो भएको जानकारी गराएको बताए । तर नगरपालिकाको प्राविधिक टिमले कुनै बेला पनि अनुगमन नगरेका कारण संरचना कमजोर निमार्ण हुन लागेको स्थानीयको भनाई छ । साईट हेर्ने प्राविधीक कर्मचारी फिल्डमा नजाने तथा ठेकेदारसंगको राम्रो सम्बन्धका कारण भवन कर्मजोर निमार्ण हुन् लागेको स्थानीयको आरोप छ ।
यता शुक्रबार पाटन नगरपालिका वडा नम्बर ३ का वडा सदस्य आरती बिष्टको अध्यक्षतामा निमार्ण व्यवसायी र नगरपालका इन्जीनियरसहितको प्राविधिक टिम, स्थानीय, स्वास्थ्य चौकी प्रमुख सहभागी बैठकले निमाधाणाधिन स्वास्थ्य चौकीको पश्ञ्चिम तिरको वालहरुमा कमसल समाग्री प्रयोग भइ गुणस्तरहीन काम भएकाले भत्काएर पुनः निमार्ण गर्ने निर्णय भएको छ ।
नगरपालिका इन्जीनियर गोबिन्द पन्तका उनका नगरपालिकाले समय समयमा काममा गुणस्तरिता कामय गर्न ताकेता गरेपनी निमार्ण व्यवसायीले कमसल काम गरेपछि भत्काएर पुनः निमार्ण गर्न लगाएको बताए ।
आईतबारको अनुगमनका क्रममा २५ बोरा सेटभएको सिमेन्ट छोपेर राखेको भेटीएको थियो ।
मिस्त्रीको लापवाहीले केही ठाउँको काम त्रुटी देखीएको र भत्काएर पुनः काम गर्ने बिएन निमार्ण सेवाका निमार्ण व्यवसायी गणेश भट्टले बताए । असार मसान्तमा निमार्ण सम्पन्न गर्ने निमार्ण कम्पनीले नगरपालिकासंग सम्झैता गरेको छ ।