असार १३ गतेदेखी बैतडीमा जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

बैतडी: असार १३ गतेदेखी बैतडीमा जिल्लास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । बैतडी युवा समाजको आयोजनामा जिल्लाको पाटनमा यही असार १३ गतेबाट प्रतियोगिता आयोजना हुने जनाएको छ ।

पाटन नगरपालिका- ६ को कृष्ण माविको खेलमैदानमा सन्चालन हुने प्रतियोगीतमा सहभागीले हुने टिमले असार १० गते भित्र आ–आफ्नो टिम दर्ता गराउनु आयोजनाले आग्रह गरेको छ । दर्ता शुल्क ३ हजार ताेकिएको छ ।
प्रतियोगिताको प्रथम पुरस्कार नगद ३३ हजार ३ सय ३३ रुपैया ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । द्धितिय पुरस्कार १५ हजार ५ सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
तृतिय पुरस्कार ५ हजार ५ सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
यसैगरी प्रतियोगिताका विभिन्न विधामा उक्तृष्ट खेलाडीहरुलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

सूचना

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.