ललित बोहरा, बैतडी : पाटन नगरपालिका-६ बस्ने ट्रक चालक बिरभान बिष्टको हत्यामा संलग्न माथि अनुसन्धानमा ढिलासुस्ती गरेको स्थानीयको आरोप छ ।
प्रहरीले ८ दिनसम्म हत्यारा आधिकारीक रुपमा सार्वजनीक नगरेपछि स्थानीयले अनुसन्धानमाथि प्रश्न गर्ने थालेका हुन्र । इलाका प्रहरीको थुनामा रहेका बाहेककासंग सोधपुक्ष समेत नगरेकाले अनुसन्धान प्रक्रियामा प्रश्न गर्ने ठाउँ रहेको बिरभान बिष्टका आफ्न्तको भनाई छ । शनिबार बिहान अनुसन्धान प्रश्न उठाउन तथा ढिलासुस्ती नगर्ने मृत्यकका आफ्न्त इलाका प्रहरी कार्यालय पुगेका छन् ।
उनीहरुले अनुसन्धानमा स्थानीय छिमेकीसंग सोध्पुक्ष समेत नभएकोले घटनामा हत्यारा जाेगाउने गरी अनुसन्धान हुने खतरा रहेको आरोप लगाए ।
बिरभानसंग अन्तिम भेट भएका सह-चालकसंग सोधपुक्ष नगरेको, ४ मिनेटको अडियोका बिषयमा थप अनुसन्धान नभएको, घटनाको दोस्रो योजनाकार मानिएका आशिष पहरी (पुन्टु) ले अरु युवासंग गरेको कल रेर्कडका बिषयमा अनुसन्धान नगरेको बिषयमा आफ्न्तले कुरा उठाएका छन् ।
पहरी फरार रहेको समयमा उनले एक युवालाई फोन गरेर हत्याको बिषयमा बताएको उनीहरुको दाबी छ ।
हत्या भएको ८ दिन भएको छ । हत्यामा मुख्य योजनाकारको आरोप लागेकी भागरथी बिष्ट, घटनामा संग्लन भएको आरोपमा पाटन नगरपालिका-६ का करिब २६आशिष पहरी सहित मृतकका आफन्तले मंगलबार नै पाँचजना विरुद्ध किटानी जाहेरी दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
घटनामा पाटन नगरपालिका-६ की ३६ बर्षीया शिक्षिका भागरथी बिष्ट, पाटन नगरपालिका-६ का करिब ३८ बर्षिय भरतमोहन बिष्ट, पाटन नगरपालिका-१ का १९ बर्षिय राजेन्द्र भट्टराई र १७ बर्षिय नाबालकलाई पक्राउ गरेर अनुसन्धान जारी छ । भट्टराई र नाबालकको सरकारी वकिलले समेत एक चरणको बयान लिएको छ ।
घटनामा संलग्नता क-कसको छ भन्ने बिषयमा अहिले मुख्य अनुसान्धन भइरहेको छ । तर ८ दिनसम्म हत्यामा संलग्न यी हुन भनेर प्रहरीले सार्वजनीक गरेको छैन् । पाँच जनालाई अदालतबाट म्याद थपेर इलाका प्रहरी कार्यालय पाटनको थुनुवा कक्षामा राखे आवश्यक अनुसन्धान भइरहेको छ ।
असार १ गते शनिबार रातिबाट हराएका बिष्टको शव सोमबार दिउँसो पाटन नगरपालिका-६ स्थित घाङल खोलामा फेला परेको थियो । बुधबार शवको दाहासंस्कार गरेको आफ्न्तले बताए ।
सहस्त्रलिंग आधारभूत विद्यालय पाटन-६ की शिक्षिका समेत रहेकी भागरथीले बिरभानको हत्या गरेको स्वीकार गरिसकेकी छन् । उनले काठको चिरपटले हानेर बिरभानको हत्या गरेको प्रहरी समक्ष बयान दिएकी छन् । उनले अहिलेसम्म कुनै बयान परिर्वतन गरेकी छैनन् ।
घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा मृतक बिष्ट र अन्य व्यक्तिहरु भागरथीको घरमा आउजाउ गर्ने गरेको बुझिएको प्रहरीले जनाएको छ ।
असार १ गते राति नै बिष्टको हत्या भएको र हत्या भएको २४ घण्टापछि मात्रै शवलाई खोलामा फालिएको देखिएको थियो । हत्या गरेको २४ घण्टासम्म मृतक बिष्टको शव भागरथीकै घरको गाठमा ताला लागाएर राखिएको र त्यसपछि अन्य व्यक्तिहरुको सहयोगमा शव खोलामा फालिएको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।
घटनापछि मृतकको मोबाईल खेतमा, कपडा गोइडा खोला, कम्बल होमपाईप भित्र भेटीएका छन् ।