ललित बोहरा, (पाटन) बैतडी : कर छुट गरेर नेपाल सरकार वा सरकारीले निकायले एम्बुलेस खरिद गरेरमा १९ लाख भन्दा बढी पर्दैन् । तर बैतडीको शिवनाथ गाउँपालिकाले एक बर्षमा २४ लाख ८७ हजार २ सय ८४ सवारी साधन मर्मतमा खर्च गरेको छ ।
नेपालको सर्वोच्च लेखापरीक्षण संस्था महालेखापरीक्षकको कार्यालयले शिवनाथ गाउँपालिकाले मर्मत खर्च नियन्त्रण गर्नु पर्ने प्रतिवेदनमा समावेश गरेको छ ।
यस्तै शिवनाथ गाउँपालिकाले ३२ लाख बढी इन्धन अर्थात डिजल, पेटोलमा खर्च गरेको छ । कुनै मापदण्ड बिना ३२ लाख ६२ हजार ४ सय ५९ इन्धनमा खर्च गरेको महालेखापरीक्षक प्रतिवेदनमा उल्लेख छ ।
गाउँपालिकाले लगबुक समेत नराखी अरुण मोहपाल इम्पेक्सलाई भुक्तानी दिएको छ । कसले इन्धन प्रयोग गरेको हाे? गाडी चढेको काे हो? लगायतका कुनै बिषय खुल्ने कागज बिना भुक्तानी गरेको छ ।
वडा लगायतका मोटरसाईकल मर्मत खर्च ६ लाख ६७ हजार २ सय छुटै देखाएकाे छ । यस्तै सवारी साधन नविवरण र जरिवाना ३ लाख १३ हजार २ सय ६९ रहेको छ ।