१६ उपसचिवको पदस्थापन तथा सरुवा, पाटनमा शर्मालाई खटायो प्रमुख प्रशासकीय अधिकृत

काठमाडौँ :

नेपाल सरकारका १६ जना राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)को पदस्थापन तथा सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार(आज) अपराह्न अतिरिक्त समूहमा रहेका उपसचिवहरूलाई विभिन्न स्थानीय तहमा खटाएको हो ।

पहिलो पोष्टिङका रूपमा पदस्थापन गरिएका सबै उपसचिवहरूलाई स्थानीय तहमा खटाइएको छ । जसमध्ये एक जना आरती न्यौपाने अध्ययन बिदामा रहेकी छिन् । पहिलो पदस्थापन रिक्त रहेको तथा स्थानीय तहलाई प्राथमिकता दिनु मन्त्रालयको सराहनीय निर्णय भएको कर्मचारीले बताएका छन् ।

हेर्नुस् सूची 

स्थानीय तहमा जहिल्यै कर्मचारीको अभाव हुँदा निमित्तका सिमित्तले चलाउने तर अनेक थरी सोर्सफोर्समा शुरु नियुक्ति नै संघीय सरकारका त्यसमध्ये पनि मालदार अड्डासम्मै तोक्ने गरेकोमा अहिलेको पोस्टिङले मन्त्रालयले लय लिन थालेको हो कि भन्ने सन्देश दिएको एक सहसचिवले प्रशासनसँग बताए ।

‘स्थानीय खाली राखेरै वा निमित्तै तोकेर पनि खाली राख्ने तर सङ्घको बरन्डामै भए नि राखिँदै आइएको थियो’ ती सहसचिवले भने, ‘तर मन्त्री-सचिवले शुरु पोस्टिङमा खाली रहेको ठाउँमा नै जुन गर्नुभयो, यो राम्रो हो’

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!