बैतडीको मेलौलीले एउटै गाडी भाडामा सक्यो ११ लाख, प्राविधिक कर्मचारीलाई ११ लाख भत्ता

बैतडी: बैतडीको मेलौली नगरपालिकामा बजेटको चरम दुरुपयोग हुने गरेको छ।  नगरपालिकाले जथाभावी रुपमा खर्च गर्दै आएको पाइएको छ। मेलौली नगरपालिकाले आफ्नो सरकारी गाडी हुदाँ हुँदै एउटै सवारी भाडामा झण्डै ११ लाख रुपैयाँ खर्च गरेको पाइएको हो।

सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८४ अनुसार मालसामान खरिद, अन्य सेवाको खरिद गर्न २० लाखसम्म शिलबन्दी दरभाउपत्र र सोभन्दा माथिको लागि बोलपत्र माग गरेर प्रतिस्पर्धा गराई खरिद गर्नुपर्ने व्यवस्था छ।

तर मेलौली नगरपालिकाले भने भ्रमण अभिलेख खाता तथा भ्रमण अनुगमन प्रतिवेदन तयार बेगर एउटै सवारीसाधन भाडामा लिएर १० लाख ९८ हजार ६११ रुपैयाँ खर्च गरेको छ। सो नगरपालिकाले सार्वजनिक खरिद विपरीत पटक-पटक एकै प्रकृतिको सेवा खरिद छ।

सवारीसाधन भाडामा लिँदा सार्वजनिक खरिद कानुनको त पालना भएको छैन नै साथै उक्त खर्च पुष्टि हुने अनुगमन प्रतिवेदन समेत पेस गरिएको छैन्। पुँजीगत र चालुतर्फ गरेर एउटै व्यक्तिलाई पटक-पटक भुक्तानी गरेको छ। सुरेशदत्त भट्टलाई २०७९ जेठ १२ देखि २७ गतेसम्म एक लाख ७८ हजार नगरपालिकाले भुक्तानी दिएको छ।

सोही व्यक्तिलाई पुनः २०८० जेठ ३ देखि ११ गतेसम्मको ९३ हजार ६८१ रुपैयाँ भुक्तानी गरिएको छ। सुरेशदत्त भट्टलाई नै २०८० जेठ ३ देखि २२ सम्मको २ लाख ६१ हजार, २०७९ मा तीन लाख ६० हजार, एक लाख ९६ हजार र १० हजार गरेर एउटै व्यक्तिलाई १० लाख ९८ हजार ६११ रुपैयाँ भुक्तानी गरिएको हो।

मेलौली नगरपालिकाले प्रमाणबिना ल्यापटप खरिद गरेको समेत फेला परेको छ। २०८० बैशाख ३१ गते नगरपालिकाले सफ्टवेर खरिद तथा जडान शिर्षक अन्तर्गत २०७९ माघ ५ बिजक नम्बर १९७ गड्तौला सप्लायर्स अत्तरिया कैलालीबाट ६ लाख ६६ हजार ५० रुपैयाँको २ थान ल्यापटप लगायत विभिन्न सामग्री खरिद गरेको पाइएको छ। बिलको सि.नं १ मा आइ ७, १६ जीबी, ५१२ जीबी, (१६ जीबी र्‍याम र ५१२ एसएसडी) भएकोमा आपुर्ति भएको ल्यापटपको र्‍याम ८ जीबी मात्र भएकाले ल्यापटप खरिदमै नगरपालिकाले एक लाख ५३ हजार ९ सय ९९ रुपैयाँ घोटला गरेको पाइएको हो।

पालिकाले कानुन नबनाई स्थायी प्राविधिक कर्मचारीलाई ११ लाख फिल्ड भत्ता दिएको छ । महालेखाले यस्तो भत्ता थप व्यभार भएकाले खर्च नियन्त्रण गर्नु पर्ने देखाएको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.