बैतडी : निर्माण व्यवसायी संघ बैतडीका सदस्य भुवन जोशीले कैलालीको धनगढीमा रहेको बाल मन्दिरमा जन्मदिन मनाएका छन् ।
बाल मन्दिरमा रहेका अनाथ, असहाय, गरिब , जेहेन्दार बालबालिकालाई कपडाहरु बितरण गरेर जन्मदिन मनाएका हुन् । बैतडीको पाटन नगरपालिका-६ बस्ने युवा जोशी एक सफल निर्माण व्यवसायीसंगै समाजसेवीको रुपमा परिचित हुन थालेका छन् ।