नेविसंघ बैतडीद्धारा १२ औँ अधिवेशनका लागि जिल्ला कार्य समितिलाई पूर्णता

बैतडी : नेपाल विद्यार्थी संघ बैतडीले पूर्णता पाएको छ । बिरेन्द्र साउँदको अधयक्षतामा ५४ सदस्यीय समिति गठन गरिएको हो ।
नेपाल विद्यार्थी संघको १२ औँ अधिवेशनलाई लक्षित गरेर ५४ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको नेवि संघका केन्द्रिय सदस्य कपिल केसीले जानकारी दिए ।
साउँदको अध्यक्षतामा गठन गरिएको समितिको उपाध्यक्षमा लोकेश बहादुर चन्द, धन बहादुर बोहरा, मनिसा जोशी र बिरेन्द्र चन्द रहेका छन् ।
सचिवमा मदन नाथ, नवराज भट्ट, दिपकराज जोशी र पदम टेर रहेका छन् ।
कोषाध्यक्षमा अम्बिका जोशी रहेकी छन् ।

सहसचिवमा बिनोद पाण्डे, लोगेन्द्र सिंह धामी, सुरज कुवँर, कलक बोहरा, जशु साउँद, दिनेश कार्की र महेशदत्त भट्ट रहेका छन् ।
यस समितिले ३ महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने छ ।
यस सिमितिमा जिल्लामा आवद्ध सदस्यहरुलाई स्थान दिइएको छ । अझै बकाी रुहेका क्षमतावान साथीहरुलाई प्रदेश र केन्द्रमा महत्वपूर्ण स्थान दिइने केन्द्रिय सदस्य केसीले बताए ।
विभिन्न नेतृत्वमा बस्न योज्ञ साथीहरु बाहिर रहेकाले उनिहरुलाई पनि सम्मानका साथ अजिम्मेवारी दिइने केसीको दावी छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.