ललित बाेहरा, बैतडी : बैतडीको पाटन नगरपालिका-७ मा पर्ने जयपुर आधारभुत बिद्यालय उपल्ला बाटुलाको भवन जिर्ण हुँदा पठनपाठनमा समस्या भएको छ ।
पुरानो भवनमा चिरा गरेकाे तथा पथरको छानो खस्ने अवस्थामा पुगेपछि पठनपाठन समस्या भएको छ । अहिले दुई कक्षा कोठा कमी भएपछि बाहिर चौरमै पठनपाठन गर्नु पर्ने बाध्यता आएको प्रधानाध्यपक राजेन्द्र साउदले बताए । दुइ काेठे भवनमा ताला लगाइएकाे छ ।
बालविकासका बालबालिका र कक्षा १ लाई एउटै कक्षामा राखेर अध्यपन गराउनु परेको शिक्षक बलदेव बिकले बताए । उनका अनुसार पठन पाठन गर्न मिल्ने भवन अभावले अहिले कुनै एक कक्षालाई बाहिर नै बढाउने पर्ने हुन्छ । बर्षायाममा पठनपाठन प्रभावित हुने देखिएको छ ।
९० जना बिद्यार्थी रहेको श्री जयपुर आधारभुत स्वमुल्याङकन अग्रस्थानमा रहेको बिद्यालय हो ।
भवन निमार्ण तथा मर्मतका लागि स्थानीय सरकार, प्रदेश तथा संघ सरकारलाई बेला- बेलामा आग्रह गरिरहेको प्रधानाध्यापक साउदले बताए । २०१९ सालमा स्थापना भएको बिद्यालयमा अहिले पुराना अधिकांश भवन जिर्ण हुँदै गएका छन् ।