पञ्चेश्वरका स्वास्थ्य शाखा प्रमुख शाहमाथि हातपात, दुई युवा फरार

बैतडी : बैतडी पञ्चेश्वर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामसागर शाहमाथि हातपात गरेको छ । स्थानीय दुई युवाले कार्यालयबाट घर फकिर्ने समयमा आफुमाथि हातपात गरी ज्यान मार्ने धम्की दिएको प्रहरीमा उनले जाहिरी दर्ता गरेको छ ।

असार ७ गते शुक्रबार दिन कार्यालयबाट कोठा तिर फर्किने बेला पिछा गर्दै घर आगन मै गई सुनियोजित तरिकाले गाली, बेइज्जत र साङ्घातिक हमला गरी ज्यान मार्ने धम्की समेत दिएको जाहिरीमा उल्लेख गरेका छन् ।

उनले पञ्चेश्वर गाउँपालिका-४ आमचौरा बस्ने बीर बहादुर चन्द, पान बहादर चन्दलेकाम नाममा जाहिरी दिएका छन् । दुई जनामा मध्ये एकजना स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी हुने भने एक मिडीकल व्यवसायी हुन् । दुई जनाकै नामा अभद्रव्यहारमा जाहिरी परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दिपक गिरीले बताए । अभद्रव्यहार गर्ने चन्दद्धय फरार रहेको र प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

दोषीलाई कडा कार्वाहीको माग गर्दै गाउँपालिको विज्ञप्ती
दोषीलाई कडा कार्वाहीको माग गदै पञ्चेश्वर गाउँपालिकाले एक विज्ञप्ती जारी गरेको छ । पञ्चेश्वर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामसागर शाहलाई कार्यालयबाट कोठा तिर फर्किने बेला पिछा गर्दै घर आगन मै गई सुनियोजित तरिकाले गाली, बेइज्जत र साङ्घातिक हमला गरी ज्यान मार्ने धम्की समेत दिएको हुँदा उक्त अपराधिक कार्य प्रति गाउँपालिका परिवार घोर भर्त्सना गर्दछ साथै सो घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कडा भन्दा कडा कार्वाहीको लागि माग
गर्दछौँ । बिज्ञप्तीमा भनीएको छ ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!