बैतडीमा प्रहरीले लागुऔषधविरुद्धको दिवसका अवसरमा निकाल्यो प्रभातफेरी

बैतडी : जिल्ला प्रहरी कार्यालय बैतडीले बुधबार लागुऔषधविरुद्धको दिवसका अवसरमा प्रभातफेरी गरेको छ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रय दिवसको अवसरमा दशरथचन्द नगरपालिका-४ गोठालापानी बजारदेखि गडीसम्म प्रभातफेरी गरिएको हो ।

प्रभातफेरीमा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, जिप्रका बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरी, प्रमुख अनुसन्धान अधिकृत डिगम्बर गिरी, शसस्त्र प्रहरी निरीक्षक लालबहादुर नेगी, पत्रकार, सर्वसाधारण, सरकारी कर्मचारी, प्रहरी , सशस्त्र प्रहरी कर्मचारी लगायत करिब ८० जनाको उपस्थिति रहेको बताइएको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.