मेलौलीमा वडाअध्यक्षले गरे जेन्सी शाखा प्रमुखमाथि हातपात, कर्मचारी आन्दोलीत, सेवा बन्द

ललित बोहरा (मेलौली )बैतडी : बैतडीको मेलाली नगरपालिकामा वडा अध्यक्षले जेन्सी शाखा प्रमुखमाथि हातपात गरेको छ ।

मेलौली नगरपालिका वडा नम्बर ९ वडा अध्यक्ष लोकराज भट्टले जेन्सी शाखामा कार्यरत सहायक पाँचौ चक्रमणी जोशीमाथि प्रमुख प्रशासकिय अधिकृतकै कार्यकक्षमा हातपात गरेका हुन् ।

उनले वडाको स्टेशनरी समाग्रीहरु लगायतका आफुले नै खरिद गर्न पाउनु पर्ने भन्दै उनी माथि हातपात गरेको एक कर्मचारीले बताए ।

प्रमुख प्रशासकिय अधिकृत नारायण बहादुर चन्दकै अगाडी कार्यालय कामकाजकै शिलशिलामा वडा अध्यक्ष भट्टले घाँटी अठ्याँइ कुटपिट गरेको कर्मचारीको भनाई छ ।

नगरपालिकाका कर्मचारीहरुले विज्ञप्ती जारी गर्दै कर्मचारीलाई कार्यालयमै असुरक्षीत भएको भन्दै कुटपीटको घोर निन्दा र गर्दै घटनाको सत्यतथ्य छानविन गरी दोषिलाई आवश्यक कानुनी कारबाही नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा प्रबाह बन्द गरिएको जनाएको छ ।

बिहीबार १२ः३० बजेबाट कर्मचारीले सेवा बन्द गरेर आन्दोलीत भएका छन् । नगरप्रमुख भिमबहादुर चन्द पालिका बाहिर छ ।

वडा अध्यक्ष तथा समाजीक विकास समिति संयोजक भट्टले वडा कार्यालयका लागि विनीयोजीत बजेट वडाको सिफारिस बिना खर्च कसरी भयो भनेर सोध्दा समान्य विवाद भएको बताए ।

घटनापछि दिनभर नगरपालिका कार्यालयमा प्रहरीले सुरक्षा दिएको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.