पाटन–८ काे नवनिर्मित भवनबाट सेवा सुरु, मन्त्री भाटले गरे उद्घाटन

बैतडी : बैतडीको पाटन नगरपालिका–८ ले नवनिर्मित भवन सेवा सुरु गरेको छ । नवनिर्मित भवनको  शुक्रबार एक भव्य कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री ओम बिक्रम भाट (सरल) ले  रेवन काटेर उद्घाटन गरेका छन् ।

भाँडाको घरबाट सेवा दिइरहेको वडा कार्यालयले आफ्नौ प्रशासकिय भवन निमार्ण गरेर सेवा सुरु गरेको वडा अध्यक्ष तथा उद्घाटन समारोहका अध्यक्ष हरिश बिष्टले बताए ।

सुदूरपश्चिम प्रदेश र पाटन नगरपालिका काे आर्थिक तथा प्राविधीक सहयोगमा ठेकेदार कम्पनीमार्फत ८४ लाखको लागतमा भवन निमार्ण भएको अध्यक्ष बिष्टले बताए ।

वडा अध्यक्ष बिष्टको सभाध्यक्षतामा आयोजनाा गरिएको भवन उद्घाटन समारोमा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री भाट प्रमुख अतिथि,पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावल विशिष्ट अतिथि रहेका थिए । भने प्रमुख कमल सिंह बोहरा, वडा नं ६ का वडा अध्यक्ष राजेन्द्र सिंह बिष्ट, वडा नं ९ का वडा अध्यक्ष कालु सिंह भाट, वडा नं १० का वडा अध्यक्ष धन बहादुर कुवँर अतिथी रहेका थिए ।

वडा नं ९ का वडा अध्यक्ष भाटले प्रदेश सरकारबाट योजनाहरु झ्यालबाट तथा कमिसनको खेल हुने बिषय अबका मन्त्रीहरुले रोक्नुपर्नेमा जोड दिए । राजनितिक पहुँचका भरमा आउने योजनाहरु रोक्नुपर्ने तथा स्थानीय सरकारले माग गरेका अधिकारी योजना आउनु पर्ने अध्यक्ष भाटको भनाई थियो ।

नगर उपप्रमुख कमल सिंह बोहरा (अपी)ले प्रदेश सरकारले महिला, बालबालिका र स्वास्थ्यका क्षेत्रमा कार्यक्रम गर्न थप आवश्यक रहेको औँल्याए । उनले खेलकुद, युवा तथा समाजीक विकासतर्फका योजनाहरु पाटनमा बढाउन मन्त्री भाटलाई आग्रह गरे ।

नगर प्रमुख गौरी सिंह रावलले पाटन नगरपालिकाले प्रदेश सरकारबाट सम्झना योग्य योजनाहरु केही नभएको बताए । उनले पाटन नगरपालिका प्रदेश सरकारसंग आवश्यक समन्वय गर्न तयार रहेको बताए ।

वडा नं ८ का वडा अध्यक्ष बिष्टले वडाभित्र देखिएका खानेपानीका समस्या, ट्रमा सेन्टर सञ्चालन गर्ने, विपत व्यवस्थापन लगायतका समस्याहरु समाधानको आवश्यक पहल गरिदिन माग गर्दै मन्त्री भाट समक्ष ज्ञापनपत्र पेश गरेका छन् ।

उच्च पहाडी क्षेत्रमा रहेका बस्तीहरु बढीरहेकाले खानेपानीको मुहानको समस्या रहेको जानकारी गराउदै प्रदेश सरकारले लिफ्ट खानपानी योजना कार्यान्वयन गरी सहयोगगर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको थियो ।

सामाजिक विकास मन्त्री भाटले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, शिक्षा स्वास्थ्य, महिला तथा बालबालिकाको क्षेत्रमा आवश्यक काम गरिरहेको अवगत गराएका थिए ।

सामाजिक विकास मन्त्रालयले प्रदेशका १० हजार किशोरीहरुलाई आत्मरक्षा तालिमको व्यवस्था गर्न लागेको समेत अवगत गराए । हानिकारक प्रचलन अन्त्य गरी महिला, दलित र बालबालिकाको क्षेत्रमा प्रदेशले नितिगत सुधार गरिरहेको पनि बताए ।

बैतडी जिल्ला क्रिकेटको उर्वर भूमी रहेको बताउदै मन्त्री भाटले पाटन नगरपालिकामै एक स्तरीय खेलमैदान निर्माणका लागि प्रदेशले सहयोग गर्ने समेत प्रतिवद्धता जनाए ।
यसैगरी मन्त्री भाटले प्रदेश सरकारले राजनितिक पहुँचको भारमा योजना नल्याएको दावी गरे । पहुँचको भरमा र झ्यालबाट योजनाहरु नआएको बताए ।

वडा कार्यालय भवन निर्माणको लागि जग्गा दान गर्नुहुने राम सिंह बिष्ट, वडा भवन समयमै निर्माण सम्पन्न गर्नुहुने निर्माण व्यवसायी हिम्मत चन्दलाई दोसल्लासहित प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।
वडा कार्यालयको उद्घाटन कार्यक्रममा वडास्तरीय महिला सञ्जाल र विभिन्न समुह तथा संस्थामा आवद्ध महिलाहरुले देउडा गितबाट सरकारलाई शुसासनका लागि सुझाव दिएका थिए ।

कार्यक्रममा हास्य कलाकार शिक्षक बलदेव सिंह केसीको समुहले पनि नाटक प्रस्तुती प्रदर्शनी गरेका थिए ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.