बैतडी : बैतडीमा सम्पनन जिल्लास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी आयोजकले जितेको छ । बिहीबारबाट पाटनको कृष्ण मावि खेलमैदानमा बैतडी युवा समाजको आयोजना तथा प्रदेश सरकार समाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा प्रतियोगिता सम्पन्न गरेको जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने बैतडी युवा समाजले नगद ३३ हजार ३ सय ३३ रुपैया ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो हुने खेलकुद महासंघ बैतडीले १५ हजार ५ सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र ग्रहण गरेको छ । तृतिय धारीलो युवा क्लब भएको छ । उसले ५ हजार ५ सय ५५ नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजनले जनाएको छ ।
प्रतियोगितमा जिल्लाभरबाट चार वटा टिम सहभागी थिए । समापन समारोहमा प्रमुख अतिथी पाटन नगरपालिका नगर प्रमुख गौरीसिह रावल, विशिष्ट अतिथी नेकपा एमाले प्रदेश कमिटी सदस्य धर्मान्द भट्ट, अतिथी वडा नम्बर ६ का अध्यक्ष राजेन्द्र बिष्ट, वडा नम्बर ३ का अध्यक्ष करुणाकर भट्ट रहेका थिए ।
यसैगरी प्रतियोगिताका विभिन्न विधामा उक्तृष्ट खेलाडीहरुलाई पनि पुरस्कार प्रदान गरिएको आयोजक बैतडी युवा समाजका संस्थापक अध्यक्ष खेमराज अवस्थीले बताए ।