डडेल्धुराका सब ओभरसेयर भट्ट घाँटी रेटिएको अवस्थामा जंगलमा भेटिए

डडेल्धुरा : डडेल्धुरामा एकजना घाँटी रेटिएको अवस्थामा जंगलमा फेला परेका छन् । आज (शनिबार) डडेल्धुराको अमरगढी नगरपालिका-५ का ४५ वर्षीय डम्मरदेव भट्ट (सन्तोष) घाँटीमा चक्कुले रेटिएको अवस्थामा फेला परेका हुन् ।

उनी घर नजिकैको जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख (डीएसपी) दीपक कार्कीले बताए । उनका अनुसार घटनास्थलमा चक्कु पनि फेला परेको छ ।

डम्बरबहादुर हिजो बेलुकादेखि हराएका थिए ।हिजो बेलुका ६ बजेदेखि हराएका उनी खोजतलासका क्रममा बिहान फेला परेका हुन् ।

उपचारका लागि उनलाई डडेल्धुरा अस्पताल लगिएकोमा धनगढी रेफर गरिएको थियो । धनगढीमा पनि अहिले उपचार सम्भव नहुने देखिएपछि काठमाडौं लैजाने तयारी भइरहेको बताइएको छ ।

सब ओभरसेयर रहेका उनी पछिल्लो समय डिप्रेसनको बिरामी रहेको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.