बैतडीको सलेनामा वन अतिक्रमण गरी निमार्ण गरेका संरचना सुरक्षाकर्मीले हटाइयो

बैतडी :

बैतडीको मेलौलीमा सामुदायिक वन अतिक्रमण गरी बनाइएका संरचना हटाइएको छ । जिल्लाकाे मेलौली नगरपालिका–२ स्थित श्रीकृष्ण सामुदायिक वन अतिक्रमण गरी निमार्ण गरेका घर टहरा भत्काइएको हो । स्थानीय राम ओडले सामुदायिक वनको क्षेत्रमा बनाएको दुईतले घर भत्काइएको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।

शनिबार प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा नेतृत्वमा खटिएको टोलीले वन अतिक्रमण गरी बनाइएको एक घर भत्काएको हो । यसका साथै सामुदायिक वनको अतिक्रमण गरी भोगचलन गरिँदै आएको २५ रोपनी जमीन पनि खाली गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी शर्मा, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरी, सशस्त्र प्रहरी बल ५१ नम्बर गुल्मका प्रमुख, सशस्त्र प्रहरी नायव उपरीक्षक कृष्णसिंह पुजारा, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत दिगम्बर गिरी, डिभिजन वन कार्यालयका प्रमुख दिलिपकुमार यादव, वडा नं २ का वडा अध्यक्ष कृष्णदत्त भट्ट लगायतको टोलीले स्थलगत निरिक्षणसहित अवैध संरचना हटाएको हो ।

संरचना भत्काइएको ठाउँमा घेरबार निर्माण गरी वृक्षारोपण गरिने डिभिजन वन कार्यालयका प्रमुख यादवले बताए ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!