डडेल्धुरा: डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा आयोजीत बृृहत योग शिविर सम्पन्न भएको छ । तनाव व्यवस्थापनका लागि आयोजीत योग शिविर ५ दिन सञ्चालन भएको छ । आफू र समाजका लागि योग भन्ने दशौं अन्तरास्ट्रिय योग दिवसको नाराले गन्यापधुरासहित जिल्लाभरी नै अभियानको रुपमा लगिने जिल्ला आयु्वेद स्वास्थ्य केन्द्र डडेल्धराका निमित् कायालय प्रमुख खेमराज पनेरुले बताए ।
तनाव व्यावस्थापन संगै आयुर्वेदिक जीवनशैली र दिनचर्यामा योगलाई जोड्न सके मात्रै व्यक्ति शारीरिक र मानसिक रुपमा स्वास्थ्य रहने उनको भनाई छ ।
पाँच दिनसम्म चलेको उक्त कार्यक्रम समापनमा बोल्दै गाउँपलिका अध्इक्ष इन्द्र कार्कीले अब योग शिविरको अभियानलाई प्रत्येक वार्डहरुमा सञ्चालन गर्ने तिर लाग्ने बताए ।
पतञ्जलि योग समिति डडेल्धुरा, जिल्ला आयु्वेद स्वास्थ्य केन्द्र र गन्यापधुराकाले संयुक्त रुपमा योग शिविरको आयोजना गरेको हो।