बैतडीमा १३ बर्षीय किशोरी बलात्कृत, शिक्षक फरार

१५ लाख डिल, तिर्ने नसकेपछि जाहिरी

ललित बोहरा, (पाटन) बैतडी :  बैतडीमा १३ बर्षीय किशोरीमाथि बलात्कार गरेर शिक्षक फरार भएका छन् । जिल्लाको पाटन नगरपालिकाको एक बिद्यालयमा अध्यापन गराउने अन्दाजी २८ बर्षीय शिक्षक लक्ष्मीकान्त पनेरु (लक्की) फरार भएका हुन् ।

सोही बिद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रामाथि जबरजस्ती करणी गरेको अभियोगमा जाहिरी दर्ता भएपछि स्थायी शिक्षक पनेरु तीन महिनादेखी प्रहरीको फरार सूचिमा छन् ।

डडेल्धुराको भागेश्वर गाउँपालिका–२ बस्ने शिक्षक पनेरुले आफ्नो कोठामा ललाईफकाई गरी बोलाएर बलात्कार गरेको इलाका प्रहरी कार्यालय पाटन बैतडीमा परेको जाहिरीमा उल्लेख छ ।

आमा बुवा भारतमा बस्ने तथा मामा घर बसेर आधारभुत शिक्षा अध्ययन गरिरहेकी नाबालिका माथि जवजस्तीकरणी गरेको १० दिनपछी आफ्न्तले जबरजस्ती करणी उद्योगमा जाहिरी दर्ता गरेका हुन् ।

चैत १२ गते राती के भएको थियो ?
चैत १२ गते गाउँमा डेरा गरेर बस्ने शिक्षकले डेरामै किशोरीलाई बोलायो । दैनिक जस्तो कोचिङ कक्षा पढाउने भन्दै बोलाउने गरेको गाउँभरी हल्ला थियो । त्यो दिन पनि बोलाएको र किशोरी गएको जानकारी स्थानीय घरबेटीले समेत जानकारी पाए ।

उनले राती नै गाउँका केही मान्छे बोलार शिक्षकको कोठामा गएका थिए । त्यो बेला उनले नाबालिकालाई भ्mयालबाट भगार र रातीका केही घण्टा नाबालिकाले रुखमा कटाइन् ।

गाउँमा सबैलाई जानकारी भएपछि शिक्षक पनेरुले आफ्नो भिना नाता पर्ने वडा अध्यक्ष डडेल्धुराबाट बोलाए । नाबालिकालाई उनले बलात्कार गरेको स्विकार गर्दै किशोरीका बाजेलाई १५ लाखको चेक दिएर मेलमिलाप गरे ।

मौखीक मेलमिलाप गरिएको थियो । मिलामिलामा २० बर्षपछि शिक्षकले बिहे गर्ने, त्यो समयसम्म पालन पोषण गर्ने र त्तकाल १५ लाख घरपरिवारलाई दिने सहमती भएको थियो । चैत १३ शिक्षकले परिक्षाको नतिजा तयार गरेर बिदामा घर गए ।

करिब १० दिनसम्म चेक दिएको कृषि विकास बैंकमा रहेका हिसाब खातामा शिक्षकले रकम जम्मा गर्न सकेनन् ।
शिक्षकले पिडीत परिवारलाई रकम केही दिनमा जम्मा हुने र बैंकमा जाने भनिरहे तर जम्मा रकम भएन् । केहीसम्म पिडीत परिवारका बाजे नाता पर्ने कृषि बैँक डडेल्धुरा र बैतडीको पाटनमा आउने जाने गरिरहे ।
घटनाको लेनदेन अधिकांस जानकार नागरिकले नबुझे जस्तै गरेर आँखा बन्द गर्नु पर्यो । इलाका प्रहरीलाई समेत घटनाबारे मौखीक जानकारी भयो । चैत २८ गते महिला अधिकारकर्मीहरुको सहयोगमा किशोरीलाई सुरक्षीत आवास गृह पाटन ल्याइयो ।
किशोरीका आफ्न्तले प्रहरीमा जवजस्तीकरणीको मुद्धा दर्ता गरे । त्यसपछि जिल्ला अस्पताल बैतडीमा उनको शारिरीक चेक जाचँमा उनीमाथि बलात्कार भएको पुष्टी भयो । त्यो रिर्पोट अस्पतालले प्रहरी कार्यालयलाई उपलब्ध गराएको छ ।
मुद्धा दर्तापछि प्रहरीले उनलाई डडेल्धुराको रुपाल, परशुराम नगरपालिका, बागबजारको एक होटल तथा कञ्चपुरका केही स्थानमा खोजी कार्य गरेको थियो । पहिलो चरणमा उनलाई डडेल्धुराको रुपाल प्रहरीले फोन सम्र्पक गरेर सानो काम परेकाले प्रहरी चौकीमा आउन भन्यो तर उनले कहिले डडेल्धुरा अहिले कञ्चनपुर छु भनेर प्रहरीलाई छली रहे । अन्तः तीन महिनादेखी उनी बैतडी प्रहरीको फरार सूचिमा छन् ।

आफ्न्तले प्रहरीले बलात्कारीलाई पक्राउ नगर्ने नसकेको आफ्न्तको आरोप छ । फरार शिक्षकको खोजी कार्य तिब्र भइरहको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी दिपक गिरीले बताए । आफ्न्तबाट ढिलो गरी उजुरी आएकाले आरोपी फरार भएको उनको बुझाई छ । उनले भने, ‘प्रहरीले खोजी गरिरहेको छ, ढिलो चाडो हो एक दिन प्रहरीले पक्राउ गर्छ, ‘आफ्न्तले ढिलो गरी उजुरी दिएकाले केही समस्या भएको हो ।’
बिद्यालय के भन्छ ?
अंगेजी बिषयका शिक्षक पनेरु चैत १३ गतेबाट बिद्यालय आउन छोडेपछि बिद्यालयले उनलाई फोन गर्यो । १८ गते तिर केही दिनमा आउने र अहिले बिदा मिलाई दिन आग्रह गरे । त्यसपछि उनी बिद्यालयको सम्र्पकमा आएनन् ।

चैत २५ गते उनको शिक्षक सेवा आयोगले दिने परिक्षण अवधि सकियो । तर उनी आएनन् ।
बिद्यालयले उनलाई हुलाक मार्फत पत्र पठायो तर उनको घरपरिवारका मान्छेले समेत पत्र बुझन् अस्विकार गरेपछि हुलाकबाटै बिद्यालयलाई पत्र फिर्ता भएको प्रधानाध्यकले बताए ।

उनले भने, ‘हामीले उनलाई समय नै बिद्यालय हाजिर हुन पत्र पठाएका थियौँ आएन् । पत्र पनि आफ्न्तले बुझेनन् ।’ बिद्यालयले अहिले अंगेजी बिषय अध्यापन गराउन समस्या भएको बताएको छ । शिक्षक व्यवस्थापनका लागि नगरपालिका र शिक्षा तथा समन्वय इकाइलाई आग्रह गरेको उनले बताए ।

शिक्षा निमावाली अनुसार उनको स्थायी शिक्षक पदबाट स्वतः खारेज हुनेछ । शिक्षक पनेरु तीन बर्षपहिले मोउण्टेन मावि बागबजार डडेल्धुरा समेत अध्यापन गराउने अग्रेजी बिषयका शिक्षक थिए ।

किशोरीको पहिचान गोप्य राख्न बिद्यालयको नाम – ठेगाना र प्रधानाध्यकको नाम नखुलाइएको हो ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.