डडेल्धुरा: डडेल्धुराको एक निजी बिद्यायलको छात्रवासमा बिद्यार्थीमाथी निर्घात कुटपिट भएको पाईएको छ ।
अमरगढी नगरपालिका–५ मा रहेको क्याम्ब्रीज पब्लीक स्कुलको छात्रवासमा रहेका दुई जना बिद्यार्थीहरुलाई एक शिक्षकले कुटपिट गरेर घाईते बताएका हुन । घाईते बिद्यार्थीको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
गृहकार्य नगरेको भन्दै बिज्ञान बिषयका शिक्षक महेश नाथले होस्टेलमा रहेका बिद्यार्थीलाई कुटेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रवक्ता बिर बहादुर थापाले बताए । यस बिषयमा बिद्यालयका प्रिन्सीपल हर्केश साँकीले कुनै प्रतिकृया दिन मानेनन् । बिद्यार्थी कुट्ने शिक्षक अहिले प्रहरी नियन्त्रणमा छन ।
घाईते हुनेमा सिगास गाउँपालिका-२ बैतडी घर भएका १२ बर्षका भुपेन्द्र धामी र डडेल्धुराको अमरगढी नगरपालिका-३ का १३ बर्षका बिद्यार्थी बिवेक बोहरा रहेको प्रहरीले जनाएकोे छ ।
होस्टेलको गेट बन्द गरेर बिद्यार्थीहरुलाई कुुटपिट गरेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।